• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

आजका समाचार हाइलाइट्स २५ भाद्र, २०७६

वैवाहिक अङ्गीकृत नागरिकता तत्कालै दिने  नदिने भन्नेमा संसदीय समितिमा विवाद

काठमाडौं । नेपाली पुरुषसँग विवाह गरेकी विदेशी महिलालाई अङ्गीकृत नागरिकता कति समयपछि प्रदान गर्ने भन्ने विषयमा सांसदबीचमा निकै रस्साकस्सी र छलफल भए पनि अझै मतैक्यता हुन सकेको छैन । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा सांसद झपटबहादुर रावलले विवाहकै समयमा एक हातमा सिन्दूर र अर्को हातमा नागरिकताको प्रमाणपत्र दिने व्यवस्थाले मुलुकको सार्वभौम र स्वाधीनता कमजोर हुने भएकाले गम्भीर भएर सोचेर मात्र निष्कर्षमा पुग्न सुझाव र्दिए ।

नेकपा सचिवालय बैठक ( दल दर्ताको जिम्मेवारी महासचिव पौडेललाई 
 काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०ले सवै प्रक्रिया पुराएर यहि महिनाभित्रै दल दर्ता गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निबास बालुवाटारमा बुधबार बसेको नेकपा सचिवालय बैठकले उपनिर्वाचनलाई मध्यनजर गर्दै निर्वाचन आयोगले दलदर्ता गर्न आह्वान गरेको सन्दर्भमा यहि महिनाभित्रै सवै प्रक्रिया पुराएर दल दर्ता गर्ने निर्णय गरिएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 


मुलुकको व्यापारिक राजधानी वीरगञ्जमा साढे ३ घण्टा
वीरगञ्ज । नेपालको ढोका भनेर चिनिने वीरगञ्जमा बिहानैदेखि नै चहलपहल शुरु हुन्छ । वीर सम्शेरले बसाएको वस्ती भनेर चिनिने वीरगञ्ज हाल महानगरपालिकामा अपग्रेड भएको छ । सोमबार भदौ २३ गते बेलुका ८ बजे पुग्दा निकै चहलपहल देखिएको वीरगञ्ज भोलिपल्ट बिहानको पाँच बजे भने सुनसान देखिन्थ्यो । यद्यपी, मुख्य व्यापारिक नाका भएकोले मालबहाक सवारीको आवागमन जारी नै थियो । 

लोकसेवा आयोग विधेयक प्रतिनिधिसभामा प्रस्तुत 
 काठमाडौ । प्रतिनिधिसभामा लोकसेवा आयोग विधेयक २०७५ प्रस्तुत भएको छ । प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले उक्त विधेयक प्रस्तुत गरेका हुन् । 


सरकारले अनावश्यक भ्रम छर्ने काम गर्यो–कांग्रेस 
काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देवले जनतामा अनावश्यक भ्रम छर्ने काम नगर्न सरकारलाई सचेत गराएका छन् ।  राष्ट्रियसभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै उनले चीनिया विदेशमन्त्रीले गरेको तीन दिने नेपाल भ्रमण र प्राप्त उपलब्धिबारे सरकारले अनावश्यक रुपमा जनतामा भ्रम छर्ने काम गरेको टिप्पणी गरे ।

भारतसँग जोडिएका सबै सीमा नाका बन्द गर्नुपर्ने पम्फा भुसालको प्रस्ताव 
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० की सांसद पम्फा भुसालले भारतसँग जोडिएका सबै सीमा नाका बन्द गर्नुपर्ने प्रस्ताव अघि सारेकी छिन् । सत्तारुढ नेकपा प्रतिनिधिसभाकी प्रभावशाली सांसद भुसालले भारतले नेपालको सीमा मिच्ने कामलाई बढाउँदै लगेको दावी गर्दै सबै सीमा नाका बन्द गर्नुपर्ने तर्क गरिन् ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य, प्लाज्मा फेरेसिस गर्दा राखिएको पाइप झिकियो 
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले  शिक्षण अस्पतालमा स्वास्थ्य जाँच गराएका छन् । बुधबार बिहान उनले शिक्षण अस्पतालमा मुटु, मिर्गौला लगाएतको स्वास्थ्य जाँच गराएका थिए ।


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर