• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

क्यालिफोर्नियामा एक चर्चका १२ नेता पक्राउ

घरबारविहीनलाई बन्दी बनाएर जबर्जस्ती मजदुरी मजदुरी गराएको आरोप

क्यालिफोर्निया । अमेरिकाको दक्षिणी राज्य क्यालिफोर्नियास्थित एक चर्चका १२ जना नेतालाई कैयौं घरवारविहीन मान्छेलाई बन्दी बनाएर जबर्जस्ती मजदुरी गर्न लगाएको आरोपमा गिरफ्तार गरिएको छ । सबै पीडितलाई उनीहरूको चंगुलबाट छुटाइएको छ । 

यो घटना त्यतिखेर बाहिरियो अघिल्लो वर्ष एक किशोरी उनीहरूबाट फुत्केर भागेकी थिइन् र यसलाई लिएर ती अधिकारीलाई सचेत गराइएको थियो । 

अभियोजन पक्षका अनुसार चर्चका पूर्वपादरीसहित अन्य मान्छेहरुलाई मंगलबार क्यालिफोर्नियाको एल सेन्ट्रोमा हिरासतमा लिइएको थियो, जहाँ चर्चको मुख्यालय छ । उनीहरूविरुद्ध सैन डिएगोस्थित अमेरिकी जिल्ला न्यायालयमा मुद्दा दर्ता भएको छ । चर्चका अधिकारीहरूमाथि जबर्जस्ती श्रम गराएको तथा धोका दिएको आरोप लगाइएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर