• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

नेता किमद्वारा ट्रम्पलाई उत्तर कोरिया भ्रमणको निम्तो !

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पत्र पठाएर राजधानी प्योङयाङ भ्रमणको निम्तो दिएका छन् । 

निःसशस्त्रीकरणको वार्ता स्थगित भएको समयमा नेता किमले गत अगस्टमै ट्रम्पलाई पत्र पठाई भ्रमणको निम्तो दिएको दक्षिण कोरयाली पत्रिका जोङग्याङ इल्बोले सोमबार कूटनीतिक श्रोतलाई उदृत गर्दै उल्लेख गरेको छ । 

अगस्ट तेस्रो साता पठाएको पत्रमा किमले तेस्रो वार्ता चाहेको र ट्रम्पलाई उत्तर कोरियाको राजधानी प्योङयाङमाको भ्रमण गर्न उल्लेख गरिएको पत्रिकाले उल्लेख गरेको छ । यसअघि राष्ट्रपति ट्रम्पले अगस्ट ९ मा किमले पठाएको पत्र ‘निकै सुन्दर’ भएको बताएका थिए । तर, दोस्रो पत्रका बारेमा भने अमेरिकी अधिकारीले कुनै खुलासा गरेको थिएन । 

गत वर्षको जुन यता ट्रम्प र किमले तीनपटक भेटवार्ता गरिसकेका छन् । उक्त भेटका क्रममा दुबै पक्षले उत्तर कोरियाको मिसाइल परीक्षण र परमाणु कार्यक्रमका विषयमा छलफल भएको थियो, तर यी वार्ताबाट कुनै सकारात्मक उपलब्धी भने हुन सकेन । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर