• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

यी १६ स्मार्टफोनबाट निक्लिन्छिन् खतरनाक रेडिएसन !

एजेन्सी । स्मार्टफोन किन्दै गर्दा हामी त्यसमा उपलब्ध क्यामेरा, र्याम, मूल्यआदिमा ध्यान दिन्छौँ, तर हामीले सबैभन्दा आवश्यक चीन हेर्न भने भूल्छौँ । 

रेडिएसनको खतरा लगभग सबै स्मार्टफोनमा पाइन्छ । तर, जर्मन फेडलर अफिस अफ रेडिएसन प्रोटेक्सनको माध्यमबाट रेडिएसन भएका सबैभन्दा खतरनाक स्मार्टफोनको सूची जारी गरिएको छ । यसलाई ‘स्पेसिफिक एब्सर्सन रेट’ पनि भनिन्छ ।

यस सूचीमा सिआओमी र वनप्लसका स्मार्टफोन सबैभन्दा अगाडी छन् । सिआओमीको फोन ‘एमआई ए वान’ सबैभन्दा बढी  रेडिएसन निकाल्ने सूचीको पहिलो नम्बरमा छ ।  जान्नुहोस्, सबैभन्दा बढी रेडिएसन निक्लने १६ स्मार्टफोनको सूची निम्न छन् :

रेडिएसनको स्वास्थ्यमा कस्तो असर पर्छ ?

वैज्ञानिकहरुका अनुसार, मोबाइलबाट निक्लिने रेडियो फ्रिक्‍वेन्सी वेब नन अर्गनाइजेसन रेडिएसन हो । उक्त रेडिएसन एक्सरे तथा अल्ट्राभायलेट रेडिएसनको तुलनामा केही मात्रै कमजोर हुने हुँदा यसले मानिसको डीएनए र दिमागमा असर गर्न सक्छ। फलस्वरुप मानिसमा ट्युमरको समस्या देखा पर्न सक्‍ने सम्भावना बढी हुन्छ ।

यस्तै अमेरिकन क्‍यान्सर सोसाइटीले यसबारेमा थप अनुसन्धान गरिरहेको छ । सोसाइटीले गरेको अनुसन्धानले मोबाइलबाट निक्‍लिने रेडिएसनले डीएनएमा असर गर्न सक्छ । साथै यसले क्‍यान्सर समेत हुन सक्‍ने खतरा रहेको वैज्ञानिकहरुले बताएका छन् । मोबाइलबाट आउने रेडिएसनले पहिला दिमागमा असर गर्छ, त्‍यसपछि शीर र घाँटीमा ट्युमर हुन सक्ने उसले बताएको छ । 

रेडियो फ्रिक्‍वेन्सीबाट कसरी बच्‍ने ?

रेडियो फ्रिक्‍वेन्सी सबैभन्दा धेरै तपाइको स्मार्टफोनको एन्टेनामा रहेको हुन्छ। त्‍यसकारण आफूसँगै राख्दा बढी असर पुर्‍याउन सक्छ। यसलाई छुट्टै राख्‍दा नै फाइदा हुन्छ। त्यसका लागि यी उपायहरु अपनाउनु नै लाभदायी हुन्छ ।

– स्मार्टफोनमा कुरा गर्दा जहिले ह्‍यान्स फ्री मोडमा राखेर गर्ने ।

– फोनभन्दा धेरै म्‍यासेजमा कुरा गर्ने कोसिस गर्ने ।

– कम एसएआर लेभल भएको स्मार्टफोन किन्‍ने ।

– सुत्‍ने बेलामा स्मार्टफोन सिरानीमा राखेर नसुत्‍ने ।

– पकेटमा बोक्दा सकभर मोबाइल अफ गरेर मात्र बोक्‍ने वा छुट्टै ब्‍यागमा मात्र बोक्‍ने ।

कानमा लगाएर वा एयरफोन लगाएर धेरै समय कुरा नगर्ने ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर