• २०८१ बैशाख २६ बुधबार
  • Wednesday, 8 May, 2024

साफ यू–१८ : उपाधि जित्दै ह्याट्रिक गर्ने नेपालको लक्ष्य

काठमाडौं । नेपालको साफ यू–१८ टोलीले च्याम्पियनसिपको उपाधि जित्दै प्रतियोगितामा ह्याट्रिक गर्ने लक्ष्य लिएको छ ।

काठमाडौंमा एन्फाले गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपाली राष्ट्रिय यू–१८ फुटबल टोलीका मुख्य प्रशिक्षक चेत नारायण श्रेष्ठले तेस्रो संस्करणको साफ यू–१८ उपाधि जित्दै प्रतियोगितामा ह्याट्रिक गर्ने विश्वास ब्यक्त गरेका हुन् । हल्चोकस्थित सशस्त्र प्रहरी बल एपीएफको रंगशालामा भोलि (शुक्रबार) बाट सुरु हुने प्रतियोगिता अघि प्रि – म्याच कन्फरेन्समा बोल्दै प्रशिक्षक श्रेष्ठले टिमको तयारी उत्कृष्ट रहेको कारण उपाधिमा ह्याट्रिक गर्ने लक्ष्य रहेको बताए । प्रतियोगितामा सहभागि सबै टिम राम्रो भए पनि नेपालको तयारी उत्कृष्ट रहेको भन्दै प्रशिक्षक श्रेष्ठले उपाधी जितेर ह्याट्रिक गर्ने बताए ।

सबै खेल घरेलु मैदानमा भएको र प्रतियोगिता अघि ४५ दिन तयारीले उपाधी जित्न सहयोग पुग्ने प्रशिक्षक श्रेष्ठले बताउनु भयो । प्रतियोगिताको उपाधि जित्न टिमले अट्याकिङ पोजिसनलाई बढी फोकस गरेको समेत बताए ।

नेपालले शुक्रबार माल्दिभ्ससँग प्रतियोगिताको पहिलो खेल खेल्दैछ । यसअघि नेपालले नेपालमै भएको पहिलो र भुटानमा भएको दोस्रो संस्करणको उपाधि नेपालले जितेको थियो । समूह ‘ए’ मा रहेको नेपालले दोस्रो खेलमा असोज ५ गते भुटानसँग खेल्नेछ । समूह ‘बी’ मा भारत, श्रीलंका र बंगलादेश रहेका छन् । समूहका शीर्ष दुई टिम सेमिफाइनल प्रवेश गर्नेछन् । सहज मानिएको समूहमा रहेको नेपाललाई सेमिफाइनल पुग्न कठिन भने हुने छैन । सेमिफाइनल पछिका खेलमा भने नेपालको सामना अर्को समूहमा रहेका भारत र बंगलादेश सँग हुनेछ । दुबै टीम साफ यू–१८मा पनि बलियो मानिन्छ । उपाधी जित्न नेपालको बाधक भारत र बंगलादेशको टीम नै हुनेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर