• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

साफ यू–१८ फुटबल : नेपाल बराबरीमा रोकियो

काठमाडौं । नेपालले तेस्रो संस्करणको साफ यू–१८ फुटबल च्याम्पियनसिप फुटबलको पहिलो खेलमा बराबरी खेलेको छ ।

शुक्रबार भएको उद्घाटन खेलमा नेपालले माल्दिभ्ससँग १–१ गोलको बराबरी खेलेको हो । एपीएफको हलचोक मैदानमा भएको खेलमा मनिष डाँगीले खेलको ७५ औं मिनेटमा हेड गोल गर्दै नेपाललाई हारबाट जोगाएका हुन् । उनले बृजेश चौधरीको पासलाई सदुपयोग गरेका थिए ।

त्यसअघि खेलको १३ औं मिनेटमा माल्दिभ्सले गोल गर्दै सुरुवाती अग्रता बनाएको थियो । नेपालका रोशन दोङले डिबक्स भित्र फल गरेपछी पाएको पेनाल्टीमा माल्दिभ्सका कप्तान हसन नजिबले गोल गरेका थिए । माल्दिभ्सविरुद्ध बल पोजिसनमा पकड जमाएको नेपाल फिनिसिङमा चुकेको थियो । माल्दिभ्सविरुद्ध नेपालले सहज जित निकाल्ने अपेक्षा गरिए पनि सम्भव भएन ।

बराबरीसँगै समूह ’ए’ मा रहेको नेपालले पहिलो खेलमा १ अंक जोडेको छ । माल्दिभ्सको पनि १ अंक भएको छ । नेपालले दोस्रो खेल आइतबार भुटानसँग खेल्नेछ । समूह ’बी’मा भारत, श्रीलंका र बंगलादेश रहेका छन् । समुहका शीर्ष दुई टिम सेमिफाईनल प्रवेश गर्नेछन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर