• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

अडानी समूहले बिकानेर खेट्री प्रसारण लाइन किन्यो

अहमदाबाद । अडानी ट्रान्समिसन लिमिटेड (एटीएल)ले बिकानेर खेट्री ट्रान्समिशन लिमिटेडको सम्पूर्ण शेयर खरिद गरेको छ । उक्त शेयर खरिदका लागि पिएफसी कन्सल्टिङ लिमिटेडसँग सम्झौता गरिएको अडानीले जनाएको छ ।

बिकानेरसँग ७६५ किलोभोल्ट लाइनका करिब ४८० सर्किट किलोमिटर तथा यससँग जोडिएका अरु ट्रान्समिसन लाइनहरु छन् । राजस्थान सोलार इनर्जीका लागि पनि ट्रान्समिसन लाइनसम्बन्धी बिकानेरले दिर्घकालीन सम्झौता गरेको छ ।

एटीएलले प्रतिस्पर्धात्मक बोलकबोल मार्फत बिकानेरको प्रसारण लाइन खरिद गरेको हो । सम्झौता बमोजिम यस कम्पनीले राजस्थानमा प्रसारण लाइनको निर्माण, स्वामित्व, सञ्चालन र मर्मत समेतका सम्पूर्ण कार्य ३५ वर्षसम्म गर्न पाउने छ ।

यो परियोजना सहित एटिएल समक्ष अब १४ हजार सर्किट किलोमिटर प्रसारण लाइनको सञ्जाल हुनेछ । साथै कम्पनीसँग २३ हजार २८० मेगाभोल्ट एएमपी ९एमभीए० को प्रसारण क्षमता पुग्नेछ । 

एटीएलले हाल मुम्बईमा करिब ३० लाख उपभोक्तालाई विद्युत वितरणको कार्य पनि गरिरहेको छ ।

एटीएलले जारी गरेको विज्ञप्तिमा बिकानेरसँग गरिएको पछिल्लो सम्झौताले एटीएल भारतकै पहिलो सर्वाधिक ठूलो निजी क्षेत्रको प्रसारण लाइन कम्पनीका रुपमा स्थापित हुने उल्लेख छ । सिन्हुवा

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर