• २०८१ बैशाख २४ सोमबार
  • Monday, 6 May, 2024

मोटरसाइकल चालक आरुष रेग्मीको मृत्यु

चितवन ।  भरतपुर महानगरपालिका–१ आँपटारी वन क्षेत्रमा आइतबार राति  ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक भरतपुर महानगरपालिका–१ रामनगर बस्ने २३ वर्षीय आरुष रेग्मी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

प्रहरीका अनुसार आँंपटारीबाट रामनगरतर्फ जाँदै गरेको लु २ ख ६९० नम्बरको ट्रक पछाडि सोही दिशातर्फ जाँदै गरेको ना ४४ प ५०१७ नम्बरको मोटरसाइकल ठक्कर खाएको थियो । दुर्घटनामा परी मोटरसाइकल चालक रेग्मी गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेका छन् । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर