अमेरिका कराँते कपमा हिक्मतले जिते २ स्वर्ण पदक
काठमााडौं । पूर्वी रुकुम, पुथा उत्तरगङ्गा गाउँपालिका–१० तकसेराका हिक्मत घर्ती मगरले न्यूयोर्कको क्वीन्स कोरोनामा भएको कराँते कपका दुई बिधामा २ स्वर्ण पदक जितेका छन ।
सेप्टेम्बर २१ देखि २४ सम्म भएको ६७ केजी तौल समुह कुमेटी र एकल काता तर्फ दुबैमा उनले स्वर्ण पदक प्राप्त गरेका हुन् । काता र कुमेटी दुबै विधा तर्फ उनले अमेरिका खेलाडीलाई हराए । प्रतियोगितामा अमेरिका सहित ४० देशले सहभागी जनाएका छन ।
हिक्मतले सन २०१४ जर्मनी मा सम्पन्न अन्तर्राष्ट्रिय जर्मन वादो कपमा ५५ केजी तौल समुह कुमेटी नेपालीलाई रजत पदक दिलाएका थिए । सन २०१४ मै बेल्जियमा सम्पन्न भएको प्रथम गेन्त सिटी अन्तर्राष्ट्रिय बुदो कराँते कपमा ६० केजी तौल समुहमा क्यूबाका खेलाडीलाई फाइनलमा हराउँदै नेपाललाई स्वर्ग पदक दिलाएका थिए।
प्रतिकृया दिनुहोस