चार बीमा कम्पनीलाई बीमा समितिको सर्कुलर 

काठमाडौं । वैदेशिक रोजगार (म्यादी जीवन बीमा) को बीमा शुल्क अनलाईनबाट भुक्तानी गर्ने व्यवस्था गर्न  बीमा समितिले बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ ।

समितिले म्यादी जीवन बीमा गर्ने चार बीमा कम्पनी नेशनल लाईफ, सूर्या, युनियन र रिलायवल नेपाल लाईफलाई अनलाईनमार्फत बीमा शुल्क भुक्तानीको व्यवस्था गर्न निर्देशन दिएको हो । 

विदेशस्थित नेपाली कुटनीतिक नियोगमार्फत नेपाली श्रमिले पुनः श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था सरकारले गरेपछि पुनः श्रम स्वीकृति गर्दा अनिवार्य गरिएको म्यादी बीमाको शुल्क बुझाउने व्यवस्थालाई सहज गर्नेगरी बीमा समितिले यस्तो निर्देशन दिएको हो । 

'विदेशमा रहेका कामदारहरुले सम्बन्धित मुलुक हेर्ने नेपाली कुटनीतिक नियोगबाट बढीमा दुई पटक श्रम स्वीकृति लिन सकिने व्यवस्था छ ।' समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलद्धारा जारी सर्कुलरमा भनिएको छ ।, 'विदेशबाट श्रमस्वीकृति नवीकरण लिंदा मात्र कामदारहरुले बीमा बापत बुझाउनुपर्ने रकम अनलाईन प्रणालीमार्फत भुक्तानी गर्न सक्नेगरी व्यवस्था मिलाउन अनुरोध गरिन्छ । '

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर