पर्यटनमन्त्रीको योजना सफल हुँदै : ज्येष्ठ नागरिकले अब ५ सय रुपैयाँमा प्लेन चढ्न पाउने
काठमाडौं । निजी वायुसेवा कम्पनी श्री एयरलाइन्सले ८५ वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई ५ सय रुपैयाँ हवाई भाडामा नै सेवा दिने भएको छ ।
कम्पनीले यही असोज १२ गते घटस्थापनाको दिनदेखि नै यो सेवा प्रदान गर्ने जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई अघि सारेको वार्षिक योजनाको कार्यान्वयन स्वरुप श्री एयरलायन्सले यस्तो छुट सुविधा दिने भएको हो ।
त्यस्तै, ७५ वर्ष माथिका जेष्ठ नागरिकलाई भने इन्धन र करबाहेकको भाडामा ५० प्रतिशत छुट दिने कम्पनीले जनाएको छ । कम्पनीका प्रबन्धक अनिल मान्धरका अनुसार प्रतिउडान २ जना जेष्ठ नागरिकले यो सुविधा प्राप्त गर्नेछन् ।
प्रतिकृया दिनुहोस