• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

ऊर्जामन्त्री पुन र घिसिङ आज राति जापान जाने

काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन जापानको तीनदिने भ्रमणका लागि आज राति त्यसतर्फ जाने भएका छन् । पुनसँगै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पनि जापान जान लागेका हुन् ।

जापान भ्रमणका क्रममा ऊर्जामन्त्री पुनले ६१७ मेवाको नलसिङगाढ जलविद्युत आयोजनाका लागी लगानी जुटाउने विषयमा जाइका केन्द्रीय कार्यालयमा छलफल गर्ने कार्यक्रम छ । त्यस्तै, भ्रमणका क्रममा उनले जापानी विदेशमन्त्री र जापानी कृषिमन्त्रीसँग छलफल गर्ने र नेपालको ऊर्जा क्षेत्रको विकासका बारेमा छलफल गर्ने कार्यक्रम छ ।

सो क्रममा दुई देशबीचको सम्बन्धका बारेमा पनि छलफल हुने मन्त्री पुनलको निजी सचिवालयले जनाएको छ । त्यस्तै, भ्रमणकै क्रममा उनले जापान–नेपाल संसदीय समूहसँग नेपालको ऊर्जा क्षेत्रमा लगानी गराउने विषयमा अन्तरक्रिया गर्ने तय भएको छ भने मन्त्री पुन र घिसिङ टोकियोमा समृद्ध नेपाल निर्माणमा ऊर्जाको महत्त्व र प्रवासी नेपालीको भूमिका विषयमा बृहत् अन्तरक्रियामा सहभागी हुने कार्यक्रम छ ।  जापान भ्रमणका क्रममा मन्त्री पुनले  विभिन्न स्थानमा रहेका ड्याम र हाइड्रोपावर प्लान्टको समेत अवलोकन गर्ने कार्यक्रम छ । 

मन्त्री पुनले नेपाल एयरलाइन्सको यात्रा गर्ने 

जापान भ्रमणमा मन्त्री पुनले नेपाल एयरलाइन्सबाट जाने भएका छन् । नेपाली एयरलाइन्सलाई प्रोत्साहन गर्न उनी ओशाका हुँदै टोकियो जान लागेका हुन । अन्य कम्पनीका बिमान सिधै टोकियो नै जाने भएता पनि उनी नेपाल एयरलाइन्समार्फत ओशाका हुँदै टोकियो जाने छन् । यसअघि पनि उनले  नेपाल एयरलाइन्सबाटै यात्रा गर्दै आएका थिए । मन्त्री पुन २७ तारिकमा स्वदेश फर्कने कार्यक्रम छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर