• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

‘नेपाल एयरलाईन्सलाई मायाँ गरौं न’

काठमाडौं । मितिले मंगलबार बिहानै । ब्यवहारिक हिसावले भन्दा सोमबार मध्यराती २ बजे । ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ जापानको ओशाकाका लागि नेपाल एयसलाईन्सबाट उडे । उनीहरु जानुपर्ने कार्यक्रम र भेटघाटको स्थान जापानको टोकियो थियो । 

तर नेपाली एयसलाईन्सको उडान टोकियोमा नभएकाले उनीहरुले ओशाका हुंदै टोकियो जाने विकल्प रोजे । मन्त्रालयले चाँजोपाँजो मिलाएको भएपनि उडानको यस्तो रुटको विकल्प रोज्न बाध्य पार्ने व्यक्ति थिए मन्त्री पुन । मन्त्री पुनसहितको नेपाली भ्रमण टोली सबैको उडान नेपाल एयरलाईन्सबाटै भएको हो । २७ सेप्टेम्बर अथवा असोज १० गते फर्कने नेपाली टोलीको फिर्ती उडान पनि नेपाल एयरलाईन्सबाटै निश्चित गरिएको छ । 

संयुक्त अरब ईमिरेट्को आबुधावीमा अघिल्लो साता सम्पन्न वर्ल्ड ईनर्जि कंग्रेसमा सहभागी हुन उनै मन्त्री पुन दुवई गए । दुवई आउने र जाने दुवै उडान नेपाल एयरलाईन्सबाटै सम्पन्न गरे । 

समय र स्थान पाएक पर्ने हिसावले हेर्ने हो भने तुलनात्मक रुपमा नेपाल एयरलाईन्को उडान अपाएक पर्ने समयमा छन् । दुवई जाँदा राती ११ बजे उडान भर्नुपर्दछ भने फर्कदा रातको ३ बज्छ । मन्त्री पुन सहितको टोली राती ११ बजे एयरपोर्टमा पुगेर ३ बजेसम्म जागै कुरेर नेपाल एयरलाईन्सबाटै नेपाल फर्कियो ।

सेवा सुविधा हेर्ने हो भने पनि नीजि एयरलाईन्सको तुलनामा नेपाल एयरलाईन्सको कमसल नै छ । जसका अनुभव अन्तर्राष्ट्रिय विमानस्थलमा झर्ने वित्तिकै उनै मन्त्री पुनले गर्न पर्यो ।

दुवईबाट नेपाल फर्कदै गर्दा जहाजबाट एयरपोर्ट सम्म आउने–जाने क्रममा असुविधा भएपछि मन्त्री पुनले विमानका कर्मचारीहरुसँग ठट्टा गर्दै भनेका थिए, ‘हामी नेपाल एयरलाईन्सलाई मायाँ गछौं, नेपाल इयरलाईन्सले चै हामीलाई मायाँ गर्दैन ।’

मन्त्री पुनले आफ्ना आगामी स्वदेश तथा विदेशका भ्रमणहरुमा पनि संभव भएसम्म नेपाल वायुसेवा निगमकै विमान चढ्ने व्यवस्था मिलाउन निर्देशन दिएको उनका स्वकीय सचिव दुर्गाप्रसाद चापागाईंले समाचार दैनिकलाई बताए ।

बिजिनेश क्लास नै भएपनि नेपालय एयरलाईन्सको न्यारो बडी जहाँजको सिट सजिलोगरी ढल्कन मिल्ने पनि थिएन । झण्डै ५ घण्टाको उडान भर्दा आधा घण्टा आकाशमा र १५ मिनेट ग्राउण्डमै पालो कुर्नु परेको थियो । फर्किएकै दिन मन्त्री पुनका भारतीय ऊर्जा राज्यमन्त्रीसँगको भेटसहितका ३ ओटा सर्वाज्निक कार्यक्रम तय भएका थिए ।

तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईले सुविधा सम्पन्न सवारी नचढेर ‘मुस्ताङ म्याक्स’ भन्ने नेपालमै एसेम्बल गरिएको गाढी चढे । जुनकुराले उनको वा–वाही भयो । पछि डा. भट्टराईले सो गाडी फेरे । दिगो हुन सकेन । हरेक सवारी साधनमा गोरखकाली टाएर मात्रै हाल्नुपर्ने कुरा गरे । तर सो कुरा कार्यान्वयनमा आउन सकेन । नेपाली सेना तथा कर्मचारीहरुले नेपालमा उत्पादिन कपडा अनिवार्य लगाउने प्रशंग पनि आए, तर कार्यान्वयन भएन । 

उपभोगका हिसावले हेर्दा, सुविधानका हिसावले हेर्दा सुलभताका हिसावले हेर्दा नेपाली उत्पादन, नेपाली ब्राण्ड वा नेपालका सरकारी निकायहरु नीजिको तुलनामा केही कमजोर छन् । तर, यो राष्ट्रियतासँग जोडिएको, आत्मनिर्भर अर्थतन्त्रसँग जोडिएको, बलियो सरकार, बलियो देश बनाउने अभियानसँग जोडिएको विषय हो । त्यसैले नै यस्ता विषयहरु नेपाल सरकारले बेला–बेला अघि सारेपनि टिकाउ भएका छैनन् ।

नेपाल भ्रमण वर्ष नजिकिंदै गर्दा के नेपाल एयरलाईन्सका सबै विमानहरु नीजिसँग प्रतिस्पर्धा गरेर उड्न सक्छन् ? नेपाल सरकारले विमानहरु थप गर्न सक्छ ? नीजिका तुलनामा सहुलियत र सुविधा सम्पन्न हुन संभव छ ? नीजिलाई फाईदा पुग्नेगरि हुने आन्तरिक गडबढी, व्यवस्थापन र कानूनी दुलाहरु टालेर नेपाल सरकारका पर्यटनमन्त्री योगेश भट्टराईले वायुसेवा निगमलाई नयाँ स्वरुप दिन सक्लान ? 

यस्ता धेरै आशंका मिश्रित प्रश्नहरु छन् । 

त्यसका बाबजुत पनि मन्त्री पुन, कार्यकारी निर्देशक घिसिङसहित अन्य केही उच्च पदस्थहरुले नेपाल एयरलाईन्सलाई गरेजस्तो मायाँ गर्ने र सरकारी हरेक उडान संभव हुने स्थानमा नेपाल एयरलाईन्सबाटै अनिवार्य गराउन सके पक्का पनि यसले काँचुली फेर्ने छ । 

विमानस्थलहरु विस्तार हुने क्रममा छन् । अब विमानहरु पनि विस्तार गर्ने र नेपाल भ्रमणवर्ष सफल बनाउन नेपाल एयरलाईन्सलाई अझ बलियो बनाउनै पर्छ ।


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर