पाल्पामा भाईरल ज्वरोसंगै डेंगु र स्क्रवटाइफसका बिरामी बढ्दै 

पाल्पा । पहाडी जिल्ला पाल्पामा स्क्रवटाइफस र डेंगुका बिरामी दैनिक रुपमा बढेका छन्  । पाल्पासंगै गुल्मी  अर्घाखाचीका बिरामीहरु पनि पारुलपामा उपचारका लागि दैनिक रुपमा आउने गरेका छन । पाल्पामा २ नगरपालिका  र ८ गाउँपालिकामा गरि ९४ भन्दाबढी डेंगुका बिरामी भएका छन् । पाल्पासंगै गुल्मी, अर्घाखाँची र स्याङ्जामा डेंगुका बिरामी भेटिएको र उनिहरुको पाल्पाको लुम्बिनी मेडिकल कलेज र युनाईटेड मिसन अस्पतालमा उपचार गरिएको स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले बताए । 

हाल पाल्पामा उपचार गर्नेहरुमा अन्य जिल्लाका स्क्रवटाइफसका १ सय १० जनाको उपचार भएको छ । साउन र भदौमा सबैभन्दा बढी स्क्रवटाइफसका बिरामी भेटिएको चिकित्सकको भनाई छ । 

स्क्रवटाइफस एक प्रकारको किर्नाले टोकेपछि लाग्ने भएको हुदा, किर्नाले टोकेका बिरामीबारे खबर पाए तत्काल स्वास्थ्य परीक्षण गरेको लुम्बिनी मेडिकल कलेजका डाक्टर राजु शाक्यले बताए । स्क्रवटाइफस भन्ने बित्तिकै मानिसहरुमा डर बढेको छ । यो रोग नयाँ नभए पनि धेरै बिरामी र चिकित्सक यसबारेमा जानकार नहुँदा बिरामी निको नभएर बिरामीहरुमा त्रास फैलिएको छ । रोगको बारेमा जानकारी नहुदा बिरामीहरु समस्यामा परेका छन । गतबर्ष पनि पाल्पामा डेंगु र स्क्रवटाइफसका बिरामी देखिएको भएपनि यस रोगका बारेमा जनचेतना फैलाउने तर्फ भने स्थानीय सरकार र स्वास्थ्य संस्थाहरुले चासो देखाएनन् ।

यससंगै पाल्पाका अधिकांश ग्रामीण बस्तीहरुमा भाईरल ज्वरोका बिरामीहरु दैनिक रुपमा बढेका छन । मौसम परिवर्तनसंगै खानपिनमा ध्यान नदिदा भाईरल ज्वरोका बिरामीहरु दैनिक रुपमा बढ्दै आएका छन । जिल्लाको पूर्वी भेगमा ज्वोका बिरामीहरु बढेपछि एक विद्यालय बन्द गरिएको छ भने एक विद्यालयमा शिविर संचालन गरेर उपचार समेत गरिएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर