प्रदेश योजना आयोगको अस्थायी दरबन्दी स्वीकृत

बुटवल । प्रदेश पाच सरकारले प्रदेश योजना आयोगका लागि कर्मचारी दरवन्दी स्वीकृत गरेको छ । सरकारले आयोगको सचिवालयका लागि अस्थायी संगठन संरचना तथा दरवन्दी स्वीकृत गरेको छ । प्रदेश सरकार मन्त्रीपरिषदको सोमवारको बैठकले दरवन्दी स्वीकृत गरेको हो । 

स्वीकृत दरवन्दीमा एक जना प्रशासकिय प्रमुख रहने र विकास ब्यवस्थापन शाखामा अधिकृत सातौ÷आठौं इन्जिनियरिङ÷सिभिल एक जनासहित १० जनाको दरवन्दी स्वीकृत गरेको छ । 

बैठकपछि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीका अनुसार बैठकले भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगत रहेका पूर्वाधार विकास कार्यालयहरुको नाम परिवर्तन गरेको छ । अब ती कार्यालयहरुको नाम सडक पूर्वाधार विकास कार्यालय रहने भएको छ । यसरी परिवर्तन हुने कार्यालयहरुमा साविकका पूर्वाधार विकास कार्यालय गुल्मी, दाङ, बाके, प्यूठान र रुपन्देही रहेका छन । 

त्यस्तै अर्घाखाची, पाल्पा, रुकुम पूर्व र वर्दिया जिल्लामा अस्थायी सडक पूर्वाधार विकास कार्यालय स्थापना गरी तत्काल सञ्चालन गर्ने पनि निर्णय भएको छ । त्यस्तै सडक पूर्वाधार विकास कार्यालय रुपन्देहीको कार्यक्षेत्र रुपन्देही र नवलपरासी पश्चिम रहने गरी कायम गरिएको छ । साविकका कार्यालयहरुमा रहेको दरवन्दी नवढ्ने गरी यी कार्यालयहरु सञ्चालन हुने बताइएको छ । 

पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तरगत डिभिजन वन कार्यालयहरुका लागि इन्जिनियर र सव इन्जिनियर पदको अस्थायी दरवन्दी पनि स्वीकृत भएको छ । स्वीकृत दरवन्दीमा ५ जना इन्जिनियर र २ जना सव इन्जिनियर रहेका छन । 

डिभिजन वन कार्यालय रुपन्देहीमा रहने इन्जिनियरले रुपन्देही जिल्ला र मन्त्रालय हेर्ने गरी कार्यक्षेत्र तय गरिएको छ । त्यस्तै पाल्पामा रहनेले पाल्पा र नवलपरासी, गुल्मीमा रहनेले गुल्मी र अर्घाखाची हेर्ने गरी कार्यक्षेत्र तय गरिएको छ । त्यस्तै अन्य दुइ  इन्जिनियर र २ सव इन्जिनियरको दरवन्दी स्वीकृत गरिएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर