• बिहीबार ११-८-२०७६/Thursday 02-20-2020/ 12:56 pm

समृद्ध कर्णालीको अठोट पूरा गर्ने प्रेरणा मिलोस् : मुख्यमन्त्री शाही

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सामाजिक न्यायसहितको समृद्ध प्रदेश निर्माणको अभिभारा पूरा गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका छन् । 

विजयादशमी, तिहार र छठ पर्वका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले ‘समृद्ध कर्णाली र सुखी कर्णालीवासी’ को अठोट पूरा गर्न विजयादशमी लगायतका चाडपर्वले सबैमा प्रेरणा मिलोस् भने । 

मुख्यमन्त्री शाहीले प्रशासनिक संरचना, कानून, जनशक्तिको अभाव तथा अनुभवजन्य कमजोरीका बाबजुद पनि प्रदेश सरकारले छाटो अवधिमै कर्णालीको विकास, समृद्धि र सार्वजनिक सेवा प्रवाहको जग निर्माण गर्न सफल भएको भन्दै अत्यावश्यक कानून निर्माण, प्रदेश संगठन संरचना एवं आवश्यक कार्यालयहरुको स्थापना, आपतकालिन राहत तथा उद्धार, सबै नागरिकको विपद् बीमाजस्ता महत्वपूर्ण कामहरु सम्पन्न गरेको बताए । 

प्रदेशको जीवनरेखाको रुपमा जमुनाहा–हिल्सा दु्रतमार्ग निर्माण गर्न चिनियाँ सहयोगमा सम्भाव्यता अध्ययन पूरा गरी आशालाग्दा काम गर्न सफल भएको उल्लेख गर्दै उनले चाडपर्वलाई अर्काको देखासिकीमा भड्किलो र खर्चिलो नबनाउन, आफ्नो पारिवारीक मूल्य–मान्यता अनुसार पारिवारीक मिलन, शुभकामना आदान–प्रदानका रुपमा मनाउन सबैमा आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

लागुऔषध ओसारपसार गर्ने २ युवती सहित ६ जना कारागार चलान

  • ७ फाल्गुण, २०७६

धनगढी । धनगढीमा लागुऔषध ओसारपसार गर्ने दुई युवती सहित छ जना कारागार चलान भएका छन्। गत मंसिर ५ गते धनगढीको बेल्स क्याफे नजिकैबाट दुई ग्राम छ सय ८०

संघीयता कार्यान्वयनमा मिडियाको भूमिका महत्वपुर्ण : प्रदेश प्रमुख यादव

  • ७ फाल्गुण, २०७६

बुटवल । प्रदेश ५ का प्रदेश प्रमुख धर्मनाथ यादवले संघीयता कार्यान्वयनमा मिडियाको भूमिका महत्वपूर्ण रहेको बताएका छन । ५९ औं स्थापना दिवसका अवसरमा

प्रदेशको बनावट फेरिन सक्छ, बाँके–बर्दिया कर्णालीमा गाभिन्नँ : प्रचण्ड

  • ७ फाल्गुण, २०७६

सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्कालै बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्ने छलफल नभएको