• शनिबार ७-२-२०७६/Saturday 10-19-2019/ 03:24 am

बाँधमा सेल्फी खिच्ने क्रममा पानीमा डुबेर एकै परिवारका चारको मृत्यु

तलिलनाडु । दक्षिण भारतीय राज्य तमिलनाडुमा एक नवविवाहित महिला र परिवारका तीन अन्य सदस्यले सेल्फी फोटो खिच्ने क्रममा ज्यान गुमाएका छन ।  उनीहरुको सरोवरमा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ । 

एक आपसमा हात समातेर पाम्बार बाँधमा कम्मरसम्म पानी जम्मा भएको ठाउँमा उभिएर सेल्फी खिच्दै गर्दा एकजना अलि गहिरो स्थानमा पुगेर चिप्लिएका र उनले अन्यलाई पनि तानेको बताइएको छ । 

सो नवविवाहित पुरुषले आफ्नो बहिनीलाई बचाउन भ्याए तर बाँकी सबै डुबेका बताइएको छ । सेल्फीको मोहले हाल दुर्घटना बढेको बताइन्छ । 

द हिन्दू पत्रिकाका अनुसार आइतवार कृष्णागिरी को बार्गुरका नवविवाहित जोडी उथानगराइ भन्ने ठाउँमा रहेका आफन्त भेट्न गएका थिए । साथमा दुलहाका बहिनी पनि थिइन् । साथका अन्य तीन किशोरकिशोरी पनि रहेका जनाइएको छ ।  

सो दुर्घटनामा १४ वर्षीय किशोर चिप्लिए र सँगसँगै १८ र १९ वर्षका दिदीलाई आफूसँगै तानेको बताइएको छ । सन् २०११ र सन् २०१७ मा विश्वभर भएका सेल्फी मृत्युको सङ्ख्या २५९ पुगेको थियो । 

जसमध्ये आधा भारतीय नागरिक रहेका बताइएको छ । भारतपछि धेरै सेल्फी दुर्घटना हुने देशहरूमा रुस, अमेरिका र पाकिस्तान पर्छन् ।

भारतको हरियाणा राज्यमा मे महिनामा तीन किशोरहरूले रेलवे मार्गमा सेल्फी खिच्ने क्रममा अगाडिबाट आएको रेललाई छल्ने कोसिस गरेका थिए, तर विपरीत दिशाबाट आएको रेलको ठक्करबाट उनीहरूको ज्यान गएको थियो । 

सोही वर्ष ओडिसा राज्यमा एकजना पुरुषले एक हात्तीसँगै उभिएर सेल्फी खिच्दै गर्दा उक्त हात्तीले सूँढले कसेर तिनको ज्यान गएको थियो । 

सामाजिक सञ्जालमा अरूलाई प्रभावित गर्ने प्रयासमा मानिसहरूले जोखिमपूर्ण सेल्फी फोटो खिच्ने गरेको भन्दै त्यस्ता व्यवहारविरुद्ध जानकारहरूले चेतावनी दिएका छन् । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

ब्रेक्जिट सम्झौता अनुमोदनका लागि प्रधानमन्त्री जोनसनको कसरत जारी

  • १ कार्तिक, २०७६

लण्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले ब्रेक्जिट सम्झौता अनुमोदनका लागि शुक्रबार अर्थपूर्ण पहल थालेका छन् । बेलायती संसदको तल्लो सभा ‘हाउस

राष्ट्रपति चुनावको एक महिना बित्दा पनि आएन नतिजा 

  • १ कार्तिक, २०७६

काबुल । अफगान निर्वाचन आयोगले गत महिना भएको अफगान राष्ट्रपतिको निर्वाचनको नतिजा शनिबार घोषणा गर्न नसक्ने बताएको छ ।  आयोगका सचिव हबिब–उर रहमानले

ट्रम्पले उर्जा सचिवलाई पदबाट गरे बर्खास्त

  • १ कार्तिक, २०७६

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उर्जा सचिव रिक पेरीलाई पदबाट हटाउने भएका छन् । युक्रेनका राष्ट्रपतिसँग आफूले गरेका विभिन्न संवाद