• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

चिनियाँ राष्ट्रपतिको भ्रमण तालिका सार्वजनिक 

काठमाडौं ।  चीनले राष्ट्रपति सी जिनपिङको नेपाल र भारत भ्रमणको मिति सार्वजनिक गरेको छ । चिनियां विदेशमन्त्रालयले बुधवार पत्रकार सम्मेलनको आयोजना गर्दै सीको भ्रमणबारे औपचारीक जानकारी दिएको हो । 

चिनियां विदेशमन्त्रालयका प्रवक्ता हुव चुनिङका अनुसार राष्ट्रपति सीले अक्टोम्बर ११ देखी १३ सम्म भारत र नेपालको भ्रमण गर्ने कार्यक्रम छ ।परराष्ट्रमन्त्रालयले समेत प्रेस विज्ञप्ती जारी गर्दै चिनिंया राष्ट्रपति सी को नेपाल भ्रमण १२ र १३ अक्टोबरमा हुने कुरा जानकारी दिएको छ ।   

चिनियां राष्ट्रपति अक्टोम्बर ११ मा भारतको चेन्नई पुग्ने र त्यसपछि १२ मा सिधै काठमाडौं आइपुग्ने कार्यक्रम छ ।नेपाल र भारत दुवै देशमा एक –एक रात बिताएपछि १३ मा उनी वेइजिङ फर्कने  जानकारी सम्बन्ध स्रोतले दिएको छ । 

सीको भ्रमणको बेला नेपाल र चीनबीच धेरै परियोजनामा सम्झौता गर्ने कार्यक्रम छ । सरकारले उनको भ्रमणको भव्य तयारी गरेको छ । राष्ट्रपति सीको स्वागत राष्ट्रपति विद्या भण्डारीले गर्नेछिन् ।

नेपाल भ्रमणको क्रममा चिनियाँ राष्ट्रपति सीले राष्ट्रपति विद्या भण्डारी प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष प्रचण्ड, र नेपाली कांग्रेशका सभापित शेर बहादुर देउवा लगायत शिर्ष नेतालाई भेट्ने कार्यक्रम तय भएको  परराष्ट्र  मन्त्रालयकाे स्रोतले जानकारी दिएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर