• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

कुर्दिश फौजसँग लड्न तयार भयो टर्की

आङ्कारा । कुर्दिश फौजविरुद्धको हमलाको लागि आफू तयार रहेको टर्कीले जानकारी दिएको छ ।  उक्त जानकारीको लगत्तै उसले सिरियासँगको सीमाक्षेत्रमा आफ्नो सैन्य उपस्थिति बाक्लो पारेको छ । 

उत्तरपूर्वी सिरियाबाट अमेरिकी फौज फिर्ता गरिएलगत्तै सो क्षेत्रमा टर्कीले दर्जनौँ सैन्य गाडी पठाएको छ ।अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले फौज फिर्ता ल्याउने निर्णयको बचाउ गर्दै कुर्दहरूलाई भने नत्यागेको बताएका छन् । 

अमेरिकाले कुर्दिश समूह रहेको इलाकाबाट आफ्नो फौज फिर्ता लगेर उनीहरूमाथि टर्कीको हमलाका लागि बाटो खोलिदिएको भनाई पनि आएको छ । 

कुर्दिश फौजले राष्ट्रपति ट्रम्पको निर्णयलाई धोकापूर्ण भएको आरोप लगाएका छन् । इस्लामिक स्टेट्स (आइएस) लडाकू पराजित गर्न अमेरिकालाई सघाएका ती फौजले ‘पीठमा छुरा’ प्रहार गरिएको प्रतिक्रिया उनीहरुको दिएका छन् ।

तर राष्ट्रपति सिरियामा तैनाथ १ हजार अमेरिकी सेनामध्ये केवल ५० जना मात्र फर्काइने सङ्केत गरेका छन् । 

यसैबीच टर्कीका राष्ट्रपति रेसेप तायिप एर्दोगान राष्ट्रपति ट्रम्पको निम्तोमा नोभेम्बर १३ मा अमेरिका भ्रमणमा आउने ह्वाइट हाउसले पुष्टि गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर