• शुक्रबार ११-१६-२०७६/Friday 02-28-2020/ 09:53 pm

रसायनशास्त्रतर्फको नोबेल पुरस्कार यी तीन वैज्ञानिकलाई

स्टकहोम । यस वर्ष रसायनशास्त्र तर्फको नोबेल पुरस्कार तीन जना वैज्ञानिकलाई संयुक्त रुपमा प्रदान गर्ने घोषणा गरिएको छ । उनीहरुलाई लिथियम–आयन ब्याट्री निर्माणमा उत्कृष्ट कार्य गरेबापत नोबेल पुरस्कार प्रदान गर्न लागिएको नोबेल पुरस्कार छनौट समितिले जनाएको छ ।

यो पुरस्कार प्राप्त गर्नेहरुमा अमेरिकाको टेक्सास विश्वविद्यालयका इन्जिनियरिङ विषयका प्राध्यापक ९७ वर्षीय जोन बी गुडइनफ, अमेरिकाकै न्यूयोर्क विश्वविद्यालयका रसायनशास्त्रका प्राध्यापक ७७ वर्षीय एम स्टान्ले ह्वीटिङ्घाम र जापानको मिजो विश्वविद्यालयका प्राध्यापक ७१ वर्षीय अकिरा योशिनो हुन् । 

यी वैज्ञानिकको खोजले ऊर्जा भण्डारणका क्षेत्रमा नाटकीय परिवर्तन गरी कार, मोबाइल फोन तथा अरु धेरै किसिमका उपकरण चलाउन धेरै ठूलो सहयोग पुगेको समितिको ठहर छ । 

नोबेल पुरस्कार प्राप्त गर्ने प्राध्यापक गुडइनफ अहिलेसम्मकै सबैभन्दा बढी उमेरका व्यक्ति हुन् । उनीहरुले गरेको अनुसन्धान र खोजले व्यावसायिक रिचार्जवेल ब्याट्री निर्माण र विकासमा आधार तयार गरेका थिए । 

सन् १९७० को दशकमा तेलको विश्वव्यापी संकट उत्पन्न भएकै समयमा प्राध्यापक ह्वीटिङ्घामले जैविक इन्धनको विकल्पको खोजीका क्रममा लिथियम–आयन ब्याट्री निर्माण गर्न सकिने अवधारणाको खोजी थालेका थिए । 

रसायनशास्त्र तर्फ नोबेल पुरस्कारको राशि नौ लाख १८ हजार अमेरिकी डलर रहेको छ । यो पुरस्कार तीनै जना वैज्ञानिकलाई दामासाहीले बाँडिने नोबेल पुरस्कार छनौट समितिले जनाएको छ । 

यो पुरस्कार आगामी डिसेम्बर १० का दिन स्वीडेनको स्टकहोममा प्रदान गरिनेछ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

दक्षिण कोरियामा २ हजार ३३७ जना कोरोना भाररस सङ्क्रमित

  • १६ फाल्गुण, २०७६

सोल । कोरियामा थप ५७१ जना कोरोना भाइरस सङ्क्रमित भएपछि सङ्क्रमति व्यक्तिको सङ्ख्या २ हजार ३३७ पुगेको छ ।  दक्षिण कोरियामा यस भाइरसको कारण ज्यान

कोरोनाको त्रासः जापानमा विद्यालयहरु छुट्टी, कन्सर्ट र पार्कमा भेला हुन प्रतिबन्ध

  • १६ फाल्गुण, २०७६

टोकियो ।  प्राणघातक कोरोना सङ्क्रमणको जोखिमबाट सुरक्षित रहन जापानमा एक महिनाका लागि विद्यालयहरु बन्द गरिएको छ । साथै बिटीएस कन्सर्ट समेतका सबै

हुवावे र जेडटीईका उपकरण किन्न अमेरिकी संसदमा प्रस्ताव

  • १६ फाल्गुण, २०७६

न्यूयोर्क । अमेरिकी माथिल्लो सदन (सिनेट)ले अमेरिकाका साना टेलिकम प्रदायकहरूलाई १ अर्ब अमेरिकी डलर बराबरका चीनको हुवावे र जेडटीईले बनाएका दूरसंचार