• शनिबार ७-२-२०७६/Saturday 10-19-2019/ 03:06 am

तस्बिरमा प्रचण्डको निधार किन खाली ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा दशैंको दशैंको रौनक फर्किएको छ । दशैंको टिका लगाउन प्रचण्डका छोरीहरु रेणु दाहाल र गंगा दाहाल आफ्ना सन्तानसहित खुमलटार आएसंगै प्रचण्ड निवासमा दशैंको रौनक बढेको छ । 

प्रचण्डको उपस्थितिमा उनीहरुलाई आमा सीता दाहालले टिका र जमरा लगाइदिइन् । प्रचण्डकी कान्छी छोरी गंगा दाहालले टिकाटालोका तस्वीरहरु सामाजिक सञ्जालमा पोष्ट गरेकी छन् । तस्वीरमा प्रचण्डको निधार खाली देखिन्छ भने उनी आफैंले कसैलाई टिका लगाइदिएका पनि छैनन् । साथै प्रचण्डकी बुहारी तथा खानेपानीमन्त्री विना मगर पनि अनुपस्थित छन् । 

जनयुद्धमा गएदेखि प्रचण्ड र तत्कालिन माओवादी नेताहरुले घोषितरुपमा दशैं बहिष्कार गरेका थिए । शान्ति प्रक्रियामा आएपछि पनि लामो समयसम्म प्रचण्डले टिका लगाएनन् । २० वर्षपछि २०७४ सालमा प्रचण्डको निधारमा विजयादशमीको टिका परेको थियो । त्यतिबेला प्रचण्डले परिवारका सदस्य र आफन्तलाई पनि टिका र जमरा लगाइदिएका थिए ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

विश्वप्रकाश शर्माको माग : माग सम्बोधन हुनेगरी तत्काल संविधान संसोधन होस्

  • १ कार्तिक, २०७६

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आदिवासी, जनजाति, मधेशी समूदायको माग सम्बोधन हुनेगरी तत्काल संविधान

कुलमानले विराटनगर पुगेर मोदीसंग हात मिलाएपछि...

  • १ कार्तिक, २०७६

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका मोरङबाट निर्वाचित सांसद अमनलाल मोदी र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच

‘विमानस्थलमा तोडफोड’ काण्डको अर्को पाटो, कारबाही कसलाई ?

  • १ कार्तिक, २०७६

काठमाडौं । ह्वीलचेयरमा बसेका एक किडनी रोगको बिरामी काठमाडौंमा उपचारका लागि जान प्रतिक्षारत छन् । उनी भनिरहेका छन्,–‘मलाई पहिला काठमाडौं जान