मालपोत प्रमुख र वडा अध्यक्षकी श्रीमतीको अनैतिक सम्बन्ध : १० दिन म्याद थप

कञ्चनपुर । अनैतिक सम्बन्ध राखेको आरोपमा कञ्चनपुरबाट पक्राउ परेका मालपोत बेलौरीका प्रमुख र वडा अध्यक्षकी श्रीमतीमाथि थप अनुसन्धानका लागि १० दिन म्याद थप गरिएको छ । मलपोत बेलौरीका प्रमुख भोज बहादुर ऐडी र स्थानीय विवाहित महिलालाई १० दिन म्याद थप गरी प्रहरी हिरासतमा राख्न आदेश दिईएको हो ।  

स्थानीय विवाहित महिला ढकालसँग अवैध यौन सम्बन्ध राखेको फोटो ती महिलाकै मोबाइलमा भेटिएपछि उनका श्रीमानले सोधपुछ गर्दा दुवै जनाले स्वीकारे पछि दुवै जना पक्राउ परेका थिए । आज बिहिबार दुवैजनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर चलान गरी हिरासतमा राखिएको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ ।

उनीहरु बिरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता बिरुद्धका कसूर अन्तर्गत मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक दिनेश कुमार आचार्यले जानकारी दिए । 

ऐडीका एक श्रीमती सहित एक छोरा र एक छोरी छन् भने र महिलाका एक श्रीमान् र दुई छोरा छन् । उनी बेलौरी नगरपालिकाकै एक वडाका वडा अध्यक्षकी श्रीमती हुन् ।

गतवर्ष दार्चुलाको लेकम गाउँपालिकाबाट कञ्चनपुरको बेलौरी नगरपालिकामा सरुवा भई केही महिना निमित्त प्रमुख प्रशासकीय अधिकृतका रुपमा जिम्मेवारी सम्हालेका ऐडीले त्यसपछि मालपोत कार्यालय बेलौरीको प्रमुखको रुपमा काम गरेका थिए । 

अहिले उनको बैतडी स्थित दशरथचन्द नगरपालिकामा सरुवा भएपनि दशैँ बिदापछि मात्रै जाने भनी रमाना बुझ्न बाँकी नै रहेको बताइएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर