मेचीनगरबाट ७१ बोरा मटर दाल बरामद

झापा  ।  नेपालबाट भारत लैजाँदै गरेको ७१ बोरा मटर दाल झापा प्रहरीले बरामद गरेको छ  ।  जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले झापाको मेचीनगर ६ स्थित चर्च क्षेत्रबाट उक्त परिणामको मटर दाल बरामद गरेको हो  ।

बरामद गरिएको मटर दालको मूल्य एक लाख ६ हजार ५ सय रुपैयाँ रहेको प्रहरी कार्यालय झापाले जनाएको छ  । बरामद गरिएको मटर दाललाई मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइसकेको प्रहरीले जनाएको छ  । काँकडभिट्टा नाकाबाट भारततर्फ सुख्खा मटर, मटर दाल, मरीच, सुपारी तस्करी हुँदै आइरहेको छ  ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर