क्रोएसियासँग वेल्सको बराबरी
एजेन्सी । युराेकप छनाैट अन्तर्गत गए राती भएकाे खेलमा वेल्सले विश्वकपको उपविजेता क्रोएसियासँग बराबरीमा राेकिएका छन् । स्टार खेलाडी बेलको गोल सहयोगमा वेल्सले क्रोएसियालाई १–१ गोलको बराबरीमा रोक्न सफल भएको हो । क्रोएसियाका निकोला भ्लासिकले गोल गरेका थिए ।
बराबरीसँगै क्रोएसिया ७ खेलबाट १४ अंक जोडेर शीर्षस्थानमा रहेको छ । वेल्स ८ खेलबाट ८ अंक जोडेर चौथो स्थानमा रहँदै छनोट हुने सम्भावना जीवितै राखेको छ ।
यही समूहको अर्को खेलमा हंगेरीले अजरवैजानलाई १–० ले पराजित गरेको छ । हंगेरी १२ अंक जोडेर दोस्रो स्थानमा छ । स्लोभाकिया १० अंक जोडेर तेस्रो स्थानमा रहँदा अजरवैजान १ अंकसहित पुछारमा छ ।
प्रतिकृया दिनुहोस