आइपिओ निष्काशन गर्ने प्रस्तावसहित सिटिजन लाइफले बुधबार साधारणसभा गर्दै

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले प्राथमिक सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आइपिओ निष्काशन गर्ने प्रस्तावसहित असोज २९ गते बुधबार वार्षिक साधारणसभा बोलाएको छ । 

साधारणसभामा कम्पनीले आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन र लेखापरीक्षण प्रतिवेदन पारित गर्नुका साथै आर्थिक वर्ष २०७४/७५ को लागि लेखापरीक्षक नियुक्त गर्नु सम्बन्धमा पनि निर्णय गर्नेछ । त्यस्तै कम्पनीको साधारणसभाले एकजना सञ्चालकको नियुक्त गर्ने एजेन्डा समेत सभामा पेश गर्ने भएको छ ।

सिटिजन्सको जारी पुँजी २ अर्ब ५० करोड रुपैयाँ रहेको छ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ७५ करोड रुपैयाँ छ । कम्पनीले अब ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता आइपिओ जारी गर्नेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर