मुख्यमन्त्री पोखरेल चीनमा

बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल चीन प्रस्थान गरेका छन । बेल्ट एण्ड रोड सिचुआन इन्टरनेशनल फ्रेण्डसीप एण्ड सिटिज कपरेशन एण्ड डेभलपमेण्ट फोरुम मा सहभागी हुन मुख्यमन्त्री पोखरेल सोमबार चीनको छेन्दु प्रस्थान गरेका हुन ।
 
टोलीमा प्रतिनिधिसभा सदस्य सुजिता शाक्य, प्रमुख सचिव तोयनारायण ज्ञवाली, योजना आयोग सदस्य विष्णु गौतम,स्वकिय सचिव सरोज रेग्मी सहभागी छन ।  मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरवहादुर केसीका अनुसार मुख्यमन्त्री पोखरेल चीनमा रहदा सांस्कृतिक र पर्यटकीय क्षेत्रहरुको अवलोकन गर्ने कार्यक्रम पनि रहेको छ । मुख्यमन्त्री पोखरेल कात्तिक १ गते फर्कने कार्यक्रम रहेको केसीले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर