• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

राष्ट्रपति सी चिनफिङले नेपाल आएर कसलाई दिए हड्डी धुलो पारिदिने धम्की ?

एजेन्सी । चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाल भ्रमणका समयमा चीनलाई टुक्र्याउने प्रयास गर्नेको हड्डी धुलो बनाइदिने चेतावनी दिएका छन् ।

शालिन देखिने नेता सीले नेपाल भ्रमणको समयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा चीनलाई टुक्र्याउने प्रयास गर्नेको हड्डी धुलो बनाउने बताए । 
चीनको सरकारी सञ्चारमाध्यम सीसीटीभीले त्यही दिन यस खबर प्रकाशित गरेको थियो । 

राष्ट्रपति सीले कठोर भाषामा चीनलाई टुक्राउने प्रयास गर्नेहरुको हड्डी धुलो बनाइदिने धम्की दिएको चिनियाँ सरकारी समाचार संस्था सिन्हुवाले पनि लेखेको छ । 

‘यदी चीनको कुनै पनि हिस्सालाई टुक्राउने कोशिश मात्र गरियो भने तिनको हड्डी धुलो बनाइनेछ । यस्तो प्रयास सफल होला भन्ने सोचेर समर्थन गर्ने बाह्य शक्तिको दिवा सपनामात्र हुनेछ’, सीले भनेका छन् । 

‘चीनको कुनै पनि भागमा पृथकतावादी गतिविधिका प्रयास गर्ने जो कोहीलाई कुल्चिइनेछ र त्यस्ता प्रयासलाई समर्थन गर्ने कुनै पनि बाह्य शक्तिलाई चिनियाँहरूले पाइप–सपनाको रूपमा लिनेछन्’ सीको भनाईलाई सिन्हुवाले लेखेको छ ।

यस खबरलाई अन्य अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पनि प्रकाशित गरे । विश्वमा अर्को एक शक्तिको रुपमा उदाइरहेको चीनको राष्ट्रपतिको यस कठोर भनाईप्रति प्रकाशित समाचारले अहिले सञ्चारमाध्यममा हलचल ल्याएको छ । 

नेपालमा स्वतन्त्र तिब्बतका पक्षधरमाथि पश्चिमा शक्ति राष्ट्रहरुले साथ दिने गरेको छ भन्ने आरोपका कारण पनि नेपाल भ्रमणकै क्रममा काठमाडौंमा आएर राष्ट्रपति सीले किन यस्तो चेतावनी दिएको कतिपयको अनुमान छ । 

त्यस्तै, केहि महिनादेखि हङकङमा चारी विरोध प्रदर्शनप्रति मूख्यभूमि चीन निकै क्रोधित देखिन्छ । हङकङमा जारी प्रशदर्शन पछिल्ला दिनमा हिंसात्मक बन्न थालेको छ । यस्तो पृष्ठभूमिमा नेपाल भ्रमणमा रहेका राष्ट्रपति सीले यस्तो कडा चेतावनी दिएका हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर