• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

रूसी राष्ट्रपति पुटिन साउदी अरब भ्रमणमा

रियाद । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन औपचारिक भ्रमणका लागि सोमबार साउदी अरब आएका छन् । 

उनी अहिले साउदी अरबको राजधानी रियादमा रहेका साउदी प्रेस एजेन्सीद्वारा प्रेषित समाचारमा उल्लेख गरिएको छ । 

यो भ्रमणलाई उनको क्षेत्रीय भ्रमणको अंशको रूपमा लिइएको छ । उनले मङ्गलवार संयुक्त अरब इमिरेट् (युएई)को पनि भ्रमण गर्ने भएका छन् । 

दुई अरबी मुलुकसँग राष्ट्रपति पुटिनले दुई पक्षीय साझा चासोका बारेमा छलफल गर्ने एजेण्डा रहेको  अधिकारीहरुले जनाएका छन् । 

साउदी अरबमा पुटिनलाई गभर्नर राजकुमार फैसल विन बन्दर विन अब्दुलाजिज अल साउदले स्वागत गरेका थिए । 

रुसका राष्ट्रपति पुटिनको भ्रमणलाई साउदी अरबका विदेशमन्त्री अडेल अल जुविरले ‘ऐतिहासिक’ भ्रमणको संज्ञा दिएका छन् ।  

भ्रमणका क्रममा दुई पक्षीय कुनै सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम भने नरहेको अधिकारीहरुले जानकारी दिएका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर