सचिवालयमा नै थाहा नदिई मुख्यमन्त्री शाही सी को टोलीसंग सुटुक्क चीनमा !

फाइल तस्वीर

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही चीन गएका छन् । नेपालको दुईदिने भ्रमण सकेर फर्किएका चिनियाँ राष्ट्रपति सी जिनपिङको टोलीसंग उनी चीन गएको बुझिएको छ । कुनै पूर्वयोजनाविना नै मुख्यमन्त्री शाही चीन गएका हुन् । उनीसंग कर्णाली प्रदेशको प्रतिनिधित्व गरेर को को भ्रमणमा गएको भन्ने जानकारी छैन् । 

कर्णाली प्रदेश सरकारकी प्रवक्ता विमला केसीका अनुसार मुख्यमन्त्री शाही भौतिक पूर्वाधारको काम लिएर त्यहाँको सरकारसंग छलफल गर्नका लागि त्यसतर्फ गएका हुन् । तर, मुख्यमन्त्री शाहीको सचिवालयमा भने यसबारे कुनै जानकारी छैन् । 

मुख्यमन्त्री शाही चीन गएको भन्ने विषयमा जानकारी लिन खोज्दा यसबारे कसैलाई जानकारी नभएको बताए । आधिकारिक रुपमा मुख्यमन्त्री शाही त्यहाँ किन गए र को को गए भन्ने केही जानकारी छैन् । प्रवक्ता केसी भन्छिन्–‘चाइना जाने भन्ने पहिल्यै छलफल भएको थियो । अहिले केही भँैतिक निर्माणका कामहरु लिएर उहाँ चाइना जानुभएको हो ।  

स्रोतका अनुसार मुख्यमन्त्री शाही संघीय सरकारका भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठसंग त्यसतर्फ गएका हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर