• बुधबार ७-२७-२०७६/Wednesday 11-13-2019/ 12:58 am

आफ्ना सांसद पक्राउ गरेको भन्दै राजपाको आक्रोश

फाइल तस्वीर

काठमाडौं ।  राष्ट्रिय जनता पार्टी (राजपा) ले आफ्ना सांसद प्रमोद साहलाई प्रहरीले पक्राउ गरेको भन्दै विरोध जनाएको छ । राजपा महासचिव केशव झाले सांसद साहको पक्राउको पुष्टि गर्दै विरोध जनाएका हुन् । उनले साहको पक्राउको विरोध गर्न कार्यकर्तालाई आह्वान समेत गरेका छन् । पक्राउ परेका साहलाई जनकपुर लैजाने तयारी भइरहेको छ । 


'हिजो जनकपुर एयर्पोर्टमा बुद्ध एयरको जहाज तीन घण्टा ढिलो भए पछि किड्नीको एकजना बिरामी छटपटाउन थालेपछी जनप्रतिनिधिको हैसियतले काउन्टरमा सोध्न जादा काउन्टरको प्रतिनिधिले उल्टै धमकाउन थाले पछि सामान्य धकमधक्का भएको हो।त्यस घट्नालाई अतिरन्जित बनाइ राज्यको माथिल्लो निकाय बाट जबर्जस्ति मुद्दा दर्ता गराई राज्यले तानाशाही चरित्र देखाएको छ।त्यस पछि मा. प्रमोद साहलाई जहाजमा चढ्न नदिने भनेर बुद्ध एयरका कर्मचारीले बदमासी पनि गरेका थिए।स्मरण रहोस त्याहाको एयरपोर्टमा कहिल्यै जहाजहरु समयमा आउदैन।अस्ति नेपालगन्जमा पनि त्यही कारणले आम नागरिकले बिरोध गरेको हो।राज्यले जनताको सरोकार पूरा नगर्ने अनि उल्टै आवाज उठाउनेलाई दन्ड दिन खोज्ने चरित्रलाई जनताले कदापी स्वीकार्न सक्दैन ।'  राजपा महासचिव झाले भनेका छन् ।

 

यो पनि पढ्नुहोस :

सांसद साह पक्राउ : राजपा भन्छ–'रिहा नगरे असहज परिस्थिति सृजना हुन्छ'

विमानस्थलमा तोडफोड गरेको आरोपमा सांसद प्रमोद साह काठमाडौंबाट पक्राउ

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
Sanjay prasad लेख्नुहुन्छ ३० असोज, २०७६ ३:०२ pm

Budha air ko karmchari lai jutai juta le pitnu parne kina bhane janta le 5 minute dhilo bhayo bhane ticket ko paisa phirta diyi daina r usko udan dhilo bhaye bhane juta le pitnu parne ho good job parmod ji

तपाईँको मत

सीमाबारे प्रधानमन्त्रीको पहल नियालिरहेका छौं : कांग्रेस

  • २६ कार्तिक, २०७६

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले भारतसँगको सीमा समस्या समाधानका लागि उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक पहल गर्न सरकारलाई पुनः सचेत

भारतले जबरजस्ती नेपालको भूमीलाई नक्सामा राख्यो–प्रचण्ड

  • २६ कार्तिक, २०७६

चितवन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पष्पकमल दाहाल प्रचण्डले नेपालको भूमीलाई भारतले जबरजस्ती आफ्नो नक्सामा राखेको बताएका छन् ।  नेकपा

उपेन्द्र यादव सरकारबाट बाहिरिँदै !

  • २६ कार्तिक, २०७६

काठमाडौं । २०७४ वैशाखमा तराई–मधेसकेन्द्रित ६ पार्टी मिलेर राजपा गठन भयो । त्यतिबेला सबै मधेसकेन्द्रित दलहरू एक भएपनि उपेन्द्र यादव नेतृत्वको