नारायणी नदी तटबन्ध निर्माणमा मन्त्रालय सकारात्मक छः उर्जा मन्त्री पुन

चितवन । उर्जा, जलस्रोत तथा सिचाई मन्त्री बर्षामान पुनले नारायणी नदी तटबन्द निर्माणका लागि मन्त्रालय सधै सकारात्मक रहेको बताए । बुधबार चितवनको भरतपुर नगरपालिकाले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नदी तटबन्धमा बजेटको कमी आउन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

‘संक्रमणकाल भएकाले संघीय सरकार र स्थानिय सरकार बिच केही असमझदारी पनि हुन गएको छ,’ मन्त्रि पुनले भने, ‘जनताको अपेक्षा धेरै छ तर भरतपुर महानगरले बिकासको प्रयत्न गरिरहेकोले यसलाई निरन्तरता दिन जरुरी छ ।’

सिंचाई सचिब रबिन्द्रमान श्रेष्ठले भरतपुर महानगरपालिकाले राखेको तटबन्धन सम्बन्धि अपेक्षामा हातेमालो गर्न तयार रहेको बताए ।

प्रदेश सभाका सदस्य मिलनबाबु श्रेष्ठले स्थानीय सरोकारवालासँग भएको छलफल कोशेढुंगा साबित हुने बताएका छन् । तटबन्धन व्यबस्थापन गर्न सकिएमा पर्यटन क्षेत्रमा उल्लेख्य बिकास गर्न सकिने उनको भनाई छ । 

प्रदेश सभाका सदस्य बिजय सुवेदीलेले फेवातालले जसरी पोखरालाई फाईदा पु¥याएको छ त्यसै गरी तटबन्धन कार्य सफल गर्न सकिएमा पर्यटन क्षेत्र लगाएत भरतपुरको बिकासको लागि सहयोगी हुने बताए ।

भरतपुर नगर प्रमुख रेनु दाहालले वडा नं २२ र २३ मा वर्षाको समयमा बाढीको समस्या रहेको बताईन् ।  उनले सडक बत्तिको लागि सहयोग गरिदिएकोमा मन्त्री पुनलाई धन्यवाद दिईन् । भरतपुरको बिकासकालागि एकता सहकार्यलाई जोडदिदै महानगरपालिकाको बिकासमा आफुहरु केन्द्रित रहेको उनको भनाई छ ।

मन्त्री पुनले भरतपुर नगरपालिका विकासको ठुलो सम्भावना बोकेको नगरपालिका राजनैतिक परिवर्तन संगै कानुन निर्माणमा केन्द्रीत भएको बताए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर