• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

सौरभ गांगुलीले आज बिसिसिआईको अध्यक्ष पद सम्हाल्ने

नयाँ दिल्ली । पूर्व भारतीय कप्तान सौरभ गांगुलीले आज मुम्बईमा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) को नयाँ अध्यक्षको पदभार सम्हाल्दै छन् । उनी बिसिसिआईका ३९औं अध्यक्ष हुनेछन् । यसका साथ करिब तीन वर्षअघि भारतीय उच्च अदालतद्वारा गठित प्रशासकको समिति (सिओए) पनि भंग हुनेछ । गांगुली बिसिसिआईको अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । उनी २०२० सम्म यो जिम्मेवारीमा रहनेछन् । 

त्यसैगरी, गृहमन्त्री अमित शाहका छोरा जय बिसिसिआईको सचिव तथा वित्त राज्यमन्त्री अनुराग ठाकुरका भाइ अरुण धूमल बिसिसिआईको कोषाध्यक्ष हुनेछन् । यसका अतिरिक्त उत्तराखण्डका महिम वर्मा उपाध्यक्ष तथा केरलाका जयेश जर्जले संयुक्त रुपमा सचिवको जिम्मेवारी सम्हाल्नेछन् । गांगुलीले १५ अक्टुबरमा ट्विट गर्दै जय शाह, अनुराग र अरुणसँग एकसाथ खिचिएको फोटो सेयर गरेका थिए । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर