• मंगलबार ८-३-२०७६/Tuesday 11-19-2019/ 06:30 pm

विश्वका सर्वाधिक धनाढ्यमा अमेरिकीभन्दा चिनियाँको संख्या बढी

एजेन्सी । चीनमा पहिलोपटक धनाढ्यको संख्या अमेरिकाको भन्दा बढी पुगेको छ । ‘फाइनान्सियल सर्भिसेज कम्पनी क्रेडिट सुइस’को सोमबार जारी एक रिपोर्टअनुसार, विश्वको सर्वाधिक १० प्रतिशत धनाढ्यमा चिनियाँ नागरिकको संख्या १० करोड र अमेरिकीहरूको संख्या ९.९ करोड छ ।

रिपोर्टअनुसार अमेरिकी लखपतिहरूको संख्या भने अहिले पनि सबैभन्दा अगाडि छ । अमेरिकाकामा १.८६ करोड लखपति छन् । यो विश्वभरको लखपतिहरूको ४० प्रतिशत हो । 

चीनमा लखपतिको संख्या ४४ लाख छ । अमेरिकामा लखपतिहरूको संख्यामा तीव्र वृद्धि भइरहेको रिपोर्टले देखाएको छ । ब्याजदर कम हुने र कर घटेका कारण अमेरिकीको सम्पति बढिरहेको छ । 

यद्यपि, चिनियाँको तुलनामा औसत अमेरिकी बढी धनी रहेको क्रेडिट सुइसको भनाइ छ । अमेरिकामा प्रतियुवा सम्पत्ति ४ लाख ३२ हजार ३६५ डलर छ भने चीनमा ५८ हजार ५ सय ४४ डलर छ । 

तर, यस मामिलामा चीन युरोपको तुलनामा तीव्र रफ्तारमा अघि बढीरहेको देखिन्छ । चीनमा व्यापारिक स्थितिहरू र कर्जाको स्तर चिन्ताजनक रहे पनि आगामी वर्षमा सकारात्मक संकेत देखिने रिपोर्टमा बताइएको छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

साउदी अरबकी लोकप्रिय राजकुमारी बास्माह साउद बेपत्ता 

  • ३ मङ्सिर, २०७६

एजेन्सी । साउदी अरबकी राजकुमारी बास्माह बिन्ट साउद बिन अब्दुल्लाहजीज अल साउद बेपत्ता भएकी छिन् । राजकुमारीलाई रियादस्थित उनको घरबाटै गिरफ्तार गरी

पाकिस्तानी पूर्वप्रधानमन्त्री नवाज सरिफ उपचारका लागि लन्डन प्रस्थान

  • ३ मङ्सिर, २०७६

इस्लामावाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफ उपचारका लागि लन्डन प्रस्थान गरेका छन् । पाकिस्तानको आन्तरिक मन्त्रालयले औपचारिक रुपमा

चीनको कोइला खानीमा विस्फोट हुँदा १५ जनाको मृत्यु

  • ३ मङ्सिर, २०७६

बेइजिङ । चीनमा कोइला खानीमा विस्फोट हुँदा १५ मजदुरको मृत्यु भएको छ । विस्फोटमा परेर अन्य ९ जना गम्भीर घाइते भएका छन् । दुर्घटनाका घाइतेहरुलाई उपचारका