नेकपा ३ नम्बर प्रदेश : ७३ सदस्यीय सचिवालय गठन
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ३ नम्बर प्रदेश कमिटीले ७३ सदस्यीय सचिवालय गठन गरेको छ । बिहीबार तुल्सिलाल स्मृति प्रतिष्ठान, ललितपुरमा बसेको बैठकले उक्त सचिवालय गठन गरेको हो ।
साथै, ३० वटा विभागको प्रमुख र उपप्रमुखको पनि टुंगो लागेको छ । त्यस्तै, नारायण दाहालको संयोजक र आनन्द पोखरेल सचिव हुनेगरी प्रदेश स्तरिय उपनिर्वाचन समिति पनि गठन गरिएको छ ।
बैठकमा प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्य, नकेपाका नेता अग्नी प्रसाद सापकोटा, सहइन्चार्जहरु हितबहादुर तामाङ, हितमान शाक्य, काशिनाथ अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस