बैतडी डोजर आक्रमण : थप तीन विरुद्ध मुद्दा दर्ता

बैतडी । महिलालाई डोजरले लडाएको घटनामा बैतडीमा थप तीन जना विरुद्द ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ । जिल्लाको दशरथचन्द नगरपालिका वडा नम्बर ९ को ग्वाल्लेकको घटनामा थप तीन जना विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको हो ।

डोजर चालकलाई उक्साएको आरोपमा डोजर मालिक भानिदत्त जोशी, भोजराज जोशी र धर्मानन्द जोशी विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ । जिल्ला अदालत बैतडीबाट बिहीबार सात दिनको म्याद थपेर उनीहरूमाथि अनुसन्धान भइरहेको बैतडी प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाडेले जानकारी दिए । आरोप प्रमाणित भएमा कानून अनुसार कारबाही हुने उनले बताए । 

डोजर चालक किशोर बोहरालाई मंगलबार अदालतबाट १० दिनको म्याद थपेर अनुसन्धान गरिरहेको छ । ग्वाल्लेकमा सडक निर्माणका क्रममा कात्तिक ४ गते दुई पक्षबीच झडप भएको थियो । झडपका क्रममा डोजरले लडाउदा स्थानीय गौरी जोशी घाईते भएकी छन् । उनको अहिले कोहलपुरमा उपचार भइरहेको छ । सडक निर्माण पक्षले भने जमीन वाला पक्षले पहिला ढुंगामुढा गरेको आरोप लगाएको छ। दुई पक्षबीच झडप हुँदा गौरीसहित ८ जना घाइते भएका थिए ।  घटनाको सत्यतथ्य सार्वजनिक गर्नको लागि जिल्ला प्रशासन कार्यालयले छानविन टोली गठन गरेको छ । समितिले शुक्रबार प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर