• मंगलबार २-२०-२०७७/Tuesday 06-02-2020/ 05:15 pm

झापा प्रहरीद्वारा साढे ४ लाख मूल्य बराबरको बारुदजन्य पटाका बरामद

झापा । जिल्ला प्रहरी कार्यालय झापाले साढे चार लाखको बारुदजन्य पटाकासँगै १९ लाख ३० हजार मूल्य बराबरको सामग्री बरामद गरेको छ ।

प्रहरी कार्यालय झापाबाट गएको प्रहरीको टोलीले चाडपर्वलाई लक्षित गरी गत असोज १ गतेदेखि कात्तिक १४ गतेसम्म पटाका, लत्ताकपडा, किराना, खाद्यान्न सामग्री गरी उक्त मूल्य बराबरको सामान बरामद गरेको प्रहरी नायव उपरीक्षक (डिएसपी) महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

चोरी, निकासी गरी भित्र्याइएको सामानमध्ये १२ लाख २२ हजार पाँच मूल्य बराबरको लत्ताकपडा र किराना, दुई लाख ५३ हजार पाँच सयको खाद्यान्न (मटर, सुख्खा सुपाडी, चुरोट, खैनी) र चार लाख ५४ हजारको पटाका बरामद गरिएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए ।

बरामद गरिएको लत्ताकपडा, किराना, खाद्यान्न सामग्रीलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरी र भन्सार कार्यालय बुझाइसकेको जनाइएको छ ।

त्यस्तै तिहार तथा छठ पर्वलाई लक्षित गरी भद्रपुर, काकँरभिट्टा, कुटी लगायतको नाकाबाट भित्र्याइएको पटाकालाई प्रहरी कार्यालय झापामा पत्रकार सम्मेलन मार्फत नष्ट गरिएको छ । बरामद गरिएको पटाकालाई खाल्डो खनी पानी हालेर नष्ट गरिएको थियो ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

प्रदेश नं २ मा थप १२० जनामा कोरोना संक्रमण पुष्टि

  • २० जेठ, २०७७

काठमाडौं । प्रदेश नं २ मा आज (मंगलबार) थप १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा प्रदेश २ का १२० जनामा

वाग्मती प्रदेशको बजेट अधिवेशन जेठ ३१ मा

  • २० जेठ, २०७७

हेटौँडा । वाग्मती प्रदेशसभाको बैठक यही जेठ ३१ गते बस्ने भएको छ । त्यसको भोलिपल्ट अर्थात् जेठ ३२ गते बस्ने बैठकमा बजेटको सैद्धान्तिक पक्ष, बजेटको

स्वास्थ्यकर्मी माथि हुने आक्रमणको कर्णालीमा विरोध

  • १९ जेठ, २०७७

सुर्खेत । देशभरिका स्वास्थ्यकर्मीहरुमाथि विभिन्न बहानामा हुने आक्रमणको कर्णालीमा विरोध भएको छ । कर्णाली प्रदेश अस्पतालमा कार्यरत चिकित्सकहरुले