• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

त्रियुगा नदीमा डुबेर एकजना बेपत्ता

उदयपुर । खोटाङको सावामझुवा गाउँपालिका–६ का ४० वर्षीय सुवास विक त्रियुगा नदीले बगाउँदा बेपत्ता भएका छन् । सोमबार बेलुका पौने ८ बजेको समयमा खोटाङबाट उदयपुरको चौदण्डीगढी नगरपालिका–९ अजगढामा रहेको आफ्नो ससुराली घर जाँदै गर्दा बाटोमा पर्ने त्रियुगा नदी तर्ने क्रममा नदीमा डुबेर उनी बेपत्ता भएको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ । सो स्थानमा प्रहरी टोली तथा स्थानीयको सहयोगमा खोजतलास भइरहेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर