• २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024

रियल म्याड्रिड ६–० काे फराकिलाे अन्तरले विजयी

एजेन्सी । ब्राजिलका १८ वर्षीय युवा फरवार्ड रोड्रीगोले ह्याट्रिक पूरा गरेपछि यूईएफए च्याम्पियन्स लिग अन्तर्गत समूह ‘ए’ को खेलमा रियल म्याड्रिडले गालाटासरेलाई ६–० को फराकिलो अन्तरले पराजित गरेको छ । 

सुरुवाती दुई खेलमा १ अंक मात्र जोड्दै पुछारमा रहेको रियल अहिले दोस्रो स्थानमा छ । ४ खेलमा ७ अंक जोडेको रियलले तेस्रो स्थानको टोलीसँग ५ अंकको अग्रता लिएको छ । शीर्षस्थानमा रहेको पीएसजीको ४ खेलमा १२ अंक रहेको छ ।

पीएसजीले बुधबार भएको खेलमा क्लब ब्रुजालाई १–० ले पराजित गर्दै शत प्रतिशत जितको यात्रा कायम राखेको थियो । टोलीको जितमा एकमात्र गोल अर्जेन्टिनी फरवार्ड माउरो इकार्डीले गरे । उनले खेलको २२ औं मिनेटमा कोलिन डाग्बाको पासलाई सदुपयोग गरेका थिए । खेलको ७६ औं मिनेटमा ब्रुजाका एमवाय डियाग्नेले पेनाल्टीमा गोल गर्न नसक्दा ब्रुजा खेल बराबरी गर्नबाट चुकेको थियो ।

अब च्याम्पियन्स लिग अन्तर्गत समूह ‘ए’ को अर्को खेलमा शीर्ष दुई र पुछारका दुई टोली भिड्नेछन् । गालाटासरे र ब्रुजा तथा रियल र पीएसजीबीच खेल हुनेछ । रियलले पीएसजीलाई उक्त खेलमा पराजित गरे दुवै टोलीको नकआउट चरण यात्रा पक्का हुनेछ । पीएसजी भने अर्को चरणमा प्रवेश गरिसकेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर