• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

'डीपी ढकाललाई तीन वर्षभित्र मन्त्री बनाउछाैं'–वामदेव

‘अब सबैले भनौं, बल बल सूर्य, बल बल डिपी ढकाल’

काठमाडौैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्यत तथा प्रस्तावित उपाध्यक्ष बामदेव गौतमले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई रचनात्मक प्रतिपक्षी बन्न नसकेको आरोप लगाएका छन् । भक्तपुरको प्रदेशसभा उपनिर्वाचनका लागि नेकपाका उम्मेदवार देवीप्रसाद (डीपी) ढकालको उम्मेदवारी दर्तापछि आयोजना भएको सभालाई सम्बोधन गर्दै नेता गौतमले सो कुरा बताएका हुन् । 

प्रदेशसभामा भक्तपुर १ (क)बाट उममेदवार बनेका ढकाललाई चुनाव जिताएर पठाउन नेता गौतमले आव्हान गरे । साथै, ढकाललाई भक्तपुरवासीले जिताएर पठाएपछि मन्त्री बनाएर पठाउने जिम्मा आफ्नो भएको उनले बताए । सम्बोधनको क्रममा उनले भने–‘तपाईहरु डिपी ढकाललाई प्रदेश सभा सदस्यमा जिताएर पठाउनुस्, यो तीन वर्षभित्र उहाँलाई मन्त्री बनाउने जिम्मा हाम्रो भयो । त्यसैले अब सबैले भनौं, बल बल सूर्य, बल बल डिपी ढकाल ।’

उनले सम्बोधनको क्रममा प्रतिव्यक्ति आय ३ वर्षभित्र चार गुणा बढाउने महत्वकांक्षी घोषणा गरेका हुन् । प्रतिव्यक्ति आय बढाउन उत्पादन क्षेत्रमा धेरै ठूला काम शुरु हुने उनले बताए । अब प्रत्येक महिना सरकारले नयाँ नयाँ काम गरेर देखाउने भन्दै उनले विकास निर्माणका काम अब परिणाम देखिने गरि शुरु भएको दावी गरे ।

गौतमले भने ‘बाँदरले आफू बस्ने घर बनाउदैन र अरुको पनि भत्काउँछ । कांगेसको चरित्र यसपाली त्यस्तै देखियो । सरकारका हरेक काममा अवरोध गरेको छ । सधैंभरि प्रतिपक्षमा बसिरहने क्रियापकलाप उसका छन् । कांग्रेस रचनात्मक विपक्षी हुन सकेन ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर