• मंगलबार ७-२६-२०७६/Tuesday 11-12-2019/ 07:06 am

इरानमा शक्तिशाली भूकम्प, ५ को मृत्यु, १२० घाइते 

तेहरान । इरानको उत्तरपश्चिम प्रान्त इस्ट अजरबैजानको तार्क क्षेत्रमा शुक्रबार भूकम्प गएको छ । 

स्थानीय समयाअनुसार शुक्रबार बिहान २ः१७ बजे गएको यस भूकम्प ५.९ म्याग्नीच्युडको मापन गरिएको इरानको भूगर्भ विभागले जानकारी दिएको छ । 

भूकम्पबाट कम्तीमा पाँच जनाको मृत्यु भएको र अरु १२० जना घाइते भएको स्थानीय अधिकारीहरुले बताएका छन् ।

प्रान्तीय गभर्नर मोहम्मद रेजा पोर्मोहमादीले भूकम्पबाट कम्तीमा ३० घर क्षतिग्रस्त भएको जानकारी दिए । प्रान्तका ४१ वटा गाउँमा उद्धारकार्य जारी रहेको र दुईवटा क्षेत्र सर्वाधिक प्रभावमा परेका छन् । 

सन् १९९० मा इरानमा आएको ७।४ म्याग्नीच्यूडको भूकम्पबाट ४० हजारको मृत्यु हुनुका साथै तीन लाख मानिस घाइते भएका थिए । हालैका वर्षमा इरानमा दुईवटा ठूला भूकम्प गएका छन् । 

सन् २००५ को भूकम्पमा ६०० भन्दा बढीको मृत्यु भएको थियो भने सन् २०१२ को भूकम्पमा झण्डै ३०० को मृत्यु भएको थियो । सिन्हुवा

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

Kathmanduties requested to help manage traffic during visit of Bangladesh's President Hamid

  • २५ कार्तिक, २०७६

Kathmandu, Nov 11 : The Metropolitan Traffic Police Division has urged Kathmanduties to help manage traffic on the occasion of official visit of President of Bangladesh Mohammad Abdul Hamid to Nepal. President Hamid's Nepal visit is scheduled from November 12 to 15. The Division in a statement on Monday requested non operation of lorries inside the Ring Road during the visit. It also

दिल्लीको वायुमा आएन सुधार, सोमबार झन् बढ्यो प्रदुषण

  • २५ कार्तिक, २०७६

नयाँ दिल्ली । भारतको केन्द्रीय राजधानी दिल्लीमा सोमबार पनि वायुको अवस्था अति प्रदुषित रहेको छ । सोमबारसहित लगातार पछिल्ला चार दिन दिल्लीको वायु

इराकमा निर्वाचन गर्न अमेरिकाको आग्रह

  • २५ कार्तिक, २०७६

वासिंटन । इराकमा समय अगावै संसदीय निर्वाचन गर्न अमेरिकाले इराकी अधिकारीहरुलाई आग्रह गरेको छ । इराकमा हिंसात्मक आन्दोलन जारी रहेकाले अमेरिकाले सो