• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

सागमा सहभागी खेलाडी संख्या र देशको टुंगो लाग्यो

काठमाडौं । नेपालमा मंसिर १५ देखि २४ गतेसम्म हुने तय भएको १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता ९साग०मा ३ हजार २ सय ९ खेलाडी सहभागी हुने भएका छन् । नेपाल ओलम्पिक कमिटिमा दर्ता भएको खेलाडी संख्याअनुसार सबैभन्दा धेरै नेपालबाट ६ सय ४८ खेलाडी सहभागी हुने भएका छन् । 

यस्तै श्रीलंकाबाट ६ सय २२, बंगलादेशबाट ५ सय ९१, भारतबाट ४ सय ६१, पाकिस्तानबाट ४ सय १३, माल्दिभ्सबाट ३ सय ३२ र भुटानबाट ४ सय ४२ खेलाडी सहभागी हुने भएका छन् । 

राष्ट्रिय खेलकुद परिषद् ९राखेप०ले उपलब्ध गराएको तथ्याङ्क अनुसार भारत र पाकिस्तानले सहभागिता नजनाउने भएका हुन् । टेष्ट मान्यता प्राप्त देशले यू(२३ टिम सहभागी गराउनुपर्ने नियम भए पनि दुबै देशले क्रिकेटबाट हात झिकेका हुन् ।

अब नेपालसहित बंगलादेश, श्रीलंका, माल्दिभ्स र भुटानले भने क्रिकेटमा सहभागिता जनाउने छन् । राखेपकाअनुसार सागमा समावेश २७ वटै खेलमामा नेपालले मात्रै सहभागिता जनाउने भएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर