• बुधबार ७-२७-२०७६/Wednesday 11-13-2019/ 06:20 pm

शरीफलाई उपचारका लागि विदेश जाने अनुमति खोजिँदै

इस्लामावाद । पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफको परिवारले उनलाई विदेश भ्रमणमा लगाइएको रोकलाई उपचारका लागि खुला गर्न भ्रष्टाचार आरोपमा जेल विताइरहेका समय गत महिना हृदयघात भएपछि उनलाई पाकिस्तानमा उपचार गरिएको थियो ।

तीन पटक पाकिस्तानी प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका शरीफ ‘अटोइम्युन ब्लड डिसअर्डर’ का कारण विरामी छन् ।

‘शरीफका परिवारले बिहीबार पाकिस्तानी गृहमन्त्रीलाई भेट गरी उपचारका लागि पूर्व प्रधानमन्त्रीलाई विदेश लानु परेको भन्दै उहाँमाथि विदेश भ्रमणमा लगाइएको रोक फुकुवा गर्न बिहीबार अनुरोध गरिएको थियो’ नाम उल्लेख नगर्ने शर्तमा शरीफका एक सहयोगीले एएफपीलाई बताए । 

उनका एक चिकित्सकले भने, ‘पूर्वप्रधानमन्त्री शरीफलाई उच्च रक्तचाप रहेको, मृगौलामा खराबी देखिएको र ‘अटोइम्युन ब्लड डिसअर्डर’ को समस्या भएकोले उहाँ जीवनमरणका लागि सङ्घर्षरत हुनुहुन्छ ।’ उनले हाल पाकिस्तानको पूर्वी शहर लहोरस्थिति एक अस्पतालमा उपचार गराइरहेका छन् ।

यद्यपि अधिकारीहरूले यस सम्बन्धमा सोधिएको प्रश्नको जवाफ दिन तयार भएनन् । तर एक अधिकारीले पूर्व प्रधानमन्त्रीको अनुरोधलाई मन्त्रीपरिषद्मा पठाइएको बताए । 

पाकिस्तानी सञ्चारमाध्यमका अनुसार शरीफको अनुरोधलाई सरकारले स्वीकार्ने सम्भावना रहेको छ । पाकिस्तानी मुस्लिम लिग–नवाज (पिएमएल–एन)को एक स्रोतले भन्यो, सरकारबाट अनुमति आएमा शरीफलाई आगामी हप्ता लण्डन लग्ने तयारी रहेको छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

इजरायली आक्रमणमा दुई प्यालेस्टिनीको मृत्यु

  • २७ कार्तिक, २०७६

गाजा सिटी ।  इजरायलले गाजा क्षेत्रमा बुधबार बिहानै गरेको हवाई तथा क्षेप्यास्त्र आक्रमणमा दुई जना प्यालेस्टिनीको मृत्यु भएको छ । पछिल्लो समय

 सडक दुर्घटनामा १९ जनाको मृत्यु

  • २७ कार्तिक, २०७६

लिमा ।  पेरुको उत्तरी ला लिबरटाडमा मंगलबार यात्रुबाहक बस दुर्घटना हुँदा १९ जनाको मृत्यु हुनुका साथै २५ जना घाइते भएका छन् । पेरु प्रहरीका अनुसार

नयाँ दिल्लीमा वायु प्रदूषणको मात्रा अहिलेसम्मकै उच्च

  • २७ कार्तिक, २०७६

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा वायु प्रदूषणको मात्रा झनै बढेको स्वास्थ्य एवम् मौसम क्षेत्रका अधिकारीहरुले जनाएका छन् । बुधबार बिहान