क्यान फेडेरेशनको अध्यक्षमा कुँवरको उम्मेदवारी घोषणा

काठमाडौं । कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान फेडेरेशन) को अध्यक्ष पदमा नवराज कुँवरले उम्मेदवारी घोषणा गरेका छन ।

आगामी मंसीर ७ गते काठमाडौंमा हुने क्यान फेडेरेशनको १३ औं कार्य समिति चयनका लागि हुने निर्वाचनमा कुँवरले आफ्नो टिमसहित अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् । हालका वरिष्ठ उपाध्यक्ष रहेका उनले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सबै साथीहरुको सुझावको आधारमा आफूले अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय लिएको बताए ।

क्यान फेडेरेशनमा ४३ सदस्यीय केन्द्रिय कार्य समिति छ । सोही कार्य समिति चयनका लागि आगामी मंसीर ७ गते निर्वाचन हुँदैछ । 

कुँवरले सूचना र प्रविधिको विकासका लागि सबैसँग हातेमालो गरेर अघि बढने संकल्पसहित आफूले क्यान फेडेरेशनको आगामी नेतृत्वको लागि उम्मेदवारी दिएको बताए ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर