• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

हिन्दू र मुस्लिमको विवाद अन्त्य भएको अयोध्या : जहाँबाट सुरु भयो हिन्दू–हिन्दूबीच नयाँ विवाद

बिबीसी । भारतको सर्वोच्च अदालतले लामो समयदेखि विवादमा रहेको अयोध्यामा मन्दिर–मस्जिद विवादमा फैसला लिँदै विवादित भूमि हिन्दूलाई दियो र मन्दिर निर्माणका लागि तीन महिनाभित्र एक ट्रस्टको गठन गर्न सरकारले आदेश दिएको छ । 

तर, अब भारत इतिहासकै लामो विवाद टुंगिएकै ठाउँबाट एक नयाँ विवाद सुरु भएको छ । साधु–सन्तहरूको विभिन्न संगठनमा अब यस ट्रस्टमा सहभागी हुने र नहुनेलाई लिएर विवाद सुरु भएको छ । यो विवाद यस स्थितिमा पुगेको छ कि साधु–सन्त आफ्नो विरोधीहरूविरुद्ध अपशब्द बाेल्नेदेखि लिएर दुई समूहबीच हिंस्रक संघर्षको स्थिति बनेको छ । 

राम जन्मभूमि न्यासका महन्त नृत्यगोपालदासमाथि कथित रूपले अभद्र टिप्पणी भएपछि उनका समर्थकले तपस्वी छावनीका सन्त परमहंसदासमाथि हमला बोलेका छन् र भारी संख्यामा प्रहरी बल पुगेपछि मात्र परमहंसदासलाई त्यहाँबाट सुरक्षित निकालिएको बताइएको छ । 

तपस्वी छावनीले परमहंसदासको आचरण अशोभनीय भएको भन्दै उनलाई निष्कासित गरेको छ, र उनले आफ्नो आचरणमा परिवर्तन ल्याएपछि मात्र छावनीमा फेरि फर्कन पाउने बताएको छ । 

तर, यस विवादमा यी दुई पक्ष मात्र छैनन् । मन्दिर निर्माणको उद्देश्यले पहिलेदेखि नै चलिरहेको तीन फरकफरक न्यास अर्थात् ट्रस्टबाहेक अयोध्यामा बसोबास गर्ने अर्को ‘शक्तिशाली’ सन्त पनि यस विवादमा सहभागी छिन् । 

अयोध्यामा अदालतमा चलिरहेको विवादका बाबजुद पनि विवादित भूमिमा रामलला विराजमानको भव्य मन्दिर बनाउनेलाई लिएर पनि केही वर्षदेखि तीन ट्रस्ट सक्रिय थिए । यीमध्ये सबैभन्दा पुरानो ट्रस्ट श्रीरामजन्मभूमि न्यास हो, जुन सन् १९८५ मा विश्व हिन्दू परिषद्को रेखदेखमा बनाइएको थियो र यही ट्रस्ट कारसेवकपुरममा पछिल्लो केही वर्षमा मन्दिर निर्माणका लागि पत्थर खोज्ने काम गरिरहेको छ । 

यस्तै, दोस्रो ट्रस्ट रामालय ट्रस्ट हो, जुन बाबरी मस्जिद भत्काएपछि सन् १९९५ मा बनाइएको थियो । यसको गठनको पछाडि तत्कालीन प्रधानमन्त्री पिवी नरसिंहरावको पनि भूमिका रहेको बताइन्छ । 

यसैगरी, तेस्रो ट्रस्ट जानकीघाट बडा स्थानका महन्त जन्मेजय शरणको नेतृत्वमा बनेको श्रीरामजन्मभूमि मन्दिर निर्माण न्यास हो । मन्दिर निर्माणका लागि पहिलेदेखि नै ट्रस्ट गठन गरिएका थिए भने सरकारले अन्य ट्रस्ट गठन गर्न किन आवश्यक छ ? भन्ने यी तीनै ट्रस्टको भनाइ छ । यी सबै ट्रस्टहरूबीच आफ्नो नेतृत्वमा मन्दिर निर्माण ट्रस्ट बनाउने होडबाजी चलिरहेको छ । 

तपस्वी छावनीका सन्त परमहंसदास

मन्दिरका लागि करोडौँ रूपैयाँ चन्दा 

विश्व हिन्दू परिषद (भिएचपी)को नेतृत्व रहेको श्रीरामजन्मभूमि न्यासका अध्यक्ष तथा मणिरामदास छावनीका सन्त महन्त नृत्यगोपाल दास हुन् । राम मन्दिर आन्दोलनका दौरान मन्दिर निर्माणका लागि जुन चन्दा जम्मा गरिएको थियो, करोडौँ रूपैयाँको धनराशी यसै ट्रस्टसँग रहेको बताइन्छ । 

यद्यपि, भिएचपीले नै मन्दिर निर्माणका लागि चलाइएको आन्दोलनको नेतृत्व गरेको थियो, त्यसैले सर्वोच्चको अदालतपछि बिएचपीका नेता तथा त्यससँग जोडिएका धर्माचार्य यसै ट्रस्टको माध्यमबाट मन्दिर बनाउने दाबी गरेको छ र यसका लागि अभियान पनि सुरु गरेको छ । 

जबकि रामालय ट्रस्टको गठन सन् १९९५ मा द्वारिका पीठका शंकराचार्य स्वामी स्वरूपानन्द सरस्वतीलगायत २५ धर्माचार्यको उपस्थितिमा अयोध्यामा राम मन्दिर निर्माणका लागि गरिएको थियो । यस गठनमा अर्का शृंगेरीपीठका धर्माचार्य स्वामी भारती पनि सहभागी थिए । 

सर्वोच्च अदालतको फैसलापछि रामालय ट्रस्टका सचिव स्वामी अभिमुक्तेश्वरान्दले मन्दिर बनाउनका लागि कानुनी अधिकार आफूलाई पास हुने दाबी गरेका थिए । यसका लागि पछिल्लो साता दिल्लीमा उनले एक पत्रकार सम्मेलन पनि गरेका थिए । 

रामालय ट्रस्टको दाबी पनि ठ्याक्कै श्रीरामजन्मभूमि न्यासको जस्तै छ । दुवैको भनाइअनुसार मन्दिर निर्माणको जिम्मा उनीहरूलाई दिइयोस् र नयाँ ट्रस्ट बनाउने आवश्यकता छैन ।

आफ्नो ट्रस्टको गठन बाबरी मस्जिद भत्काइएपछि भएको र त्यसअघि बनेको ट्रस्ट अवैध हुने रामालय ट्रस्टको तर्क छ । यता भिएचपी र श्रीरामजन्मभूमि न्यासको भनाइ छ– मन्दिर निर्माणका लािग अदालती लडाइँ हामीले लडेका छौँ, त्यसैले मन्दिर बनाउने अधिकार पनि हामीलाई छ । 

त्यस्तै, श्रीरामजन्मभूमि मन्दिर निर्माण न्यास(ट्रस्ट)का अध्यक्ष जन्मेजय शरण भन्छन्, ‘सर्वोच्च अदालतले केन्द्र सरकारलाई ट्रस्ट बनाउनका लागि अधिकृत गरेको छ, त्यसैले मन्दिर बनाउने नयाँ ट्रस्टको गठन गर्ने अधिकार केन्द्र सरकारलाई नै छ । यदि यो काम विश्व हिन्दू परिषद् एक्लैलाई दिइयो भने हामी यसको विरोध गर्नेर्छौं । सबैले व्यक्तिगत स्वार्थलाई छोडेर मन्दिर निर्माणमा ध्यान दिनुपर्छ । सबै ट्रस्टहरूको प्रतिनिधिहरूलाई सहभागी गराएर सरकारले एक नयाँ ट्रस्ट बनाउनुपर्छ र यसको निगरानी पनि सरकारले नै गर्नुपर्छ ।’

कुनै पुरानो ट्रस्टलाई जिम्मा नदिएर नयाँ ट्रस्टको गठन सर्वोच्च अदालतको निर्देशानुसार नै हुनुपर्ने रामलला विराजमानका मुख्य मुजारी आचार्य सत्येन्द्र दास बताउँछन् । ‘सर्वोच्च अदालतले केन्द्र सरकारलाई ट्रस्ट बनाउनका लागि आदेश दिएको छ, यसै आदेशको माध्यमबाट नयाँ ट्रस्ट गठन गर्नुपछ’, उनले भने । 

विश्व हिन्दू परिषदले मन्दिर निर्माणको नाम जम्मा गरेको इँटा, पत्थर र नगद सरकारलाई फिर्ता गर्नुपर्ने यस विवादका मुख्य पक्षधर निर्मोही अखाडे बताउँछन् । तर, विश्व हिन्दू परिषद्ले सजिलै सुम्पिने सम्भावना देखिँदैन । 

केन्द्र सरकारले उनीहरूको कामको उपेक्षा गर्न नसक्ने भिएची प्रवक्ता शरद शर्मा बताउँछन् । उनी भन्छन्, ‘हमी वर्षौँदेखि मन्दिर निर्माणमा लागेका छौँ । हाम्रो संगठनले यस आन्दोलनको नेतृत्व गर्यो । देश–विदेशका सबै हिन्दुहरूको हामीलाई समर्थन र सहयोग मिल्यो । प्रधानमन्त्री मोदीले हामीसँग सल्लाह लिनुहुन्छ भन्नेमा आश्वस्त छु ।’

जानकीघाट बडा स्थानका महन्त जन्मेजय शरण

मन्दिर निर्माणका लागि बनाउने ट्रस्टलाई लिएर चलिरहेको यस विवादमा दुई महन्तबीच भएको एक कुराकानीको भाइरल भिडियोले आगोमा घिउको काम गरेको छ । अयोध्यामा सन्त समुदायबीच प्रसारित भएर एक अडियो क्लिपमा राम मन्दिर आन्दोलनमा सक्रिय रहेको भिएचपी संगठनका नेता तथा भारतीय जनता पार्टीका पूर्वसांसद रामविलास भेदान्तीले आफू मन्दिर ट्रस्टको प्रमुख बन्न चाहेको बताउँदै आएका छन् । यद्यपि, बिबिसीले सो अडियो क्लिपको पुष्टि गरेको छैन, तर यस क्लिपले अयोध्याका सन्तहरूमा निकै हलचल उत्पन्न गरेको छ । 

उक्त अडियो क्लिप कथित रुपले रामविलास वेदान्दी र तपस्वी छावनीका प्रमुख महन्त परमहंसदासबीच कुराकानीको हो । क्लिपमा महन्त परमहंसदास कथित रुपले रामजन्मभूमि न्यासका प्रमुख महन्त नृत्यगोपाल दासका लागि अशोभनीय शब्दको प्रयोग गर्छन् र यहीबाट क्रोधित भएर नृत्यगोपालदासका समर्थक साधुहरुले उनको घरलाई लिएर हमला बालेका थिए । 

नृत्यगोपाल दास ट्रस्टमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई पनि सहभागी गर्ने माग गरिसकेका छन् र उनको हो मा हो अखाडा परिषदका अध्यक्ष महन्त नरेन्द्र गिरी पनि मिलिसकेका छन् । यस अडियो क्लिपमा रामविला वेदान्दी र मरमहंसदास योगी आदित्यनाथलाई यसमा सहभागी गर्नेलाई लिएर विरोध गरिरहेको सुनिएको छ । मुख्यमन्त्री योगी रामानन्द्र सम्प्रदायबाट नभएर नाथ सम्प्रदायबाट आएका कारण यसमा सहभागी नगराउन बताइरहेका छन् । 

यद्यपि, रामविलास वेदान्ती यस अडियो क्लिप वार्तालाई अस्विकार गर्छन् भने परमहंसदास यस मुद्दामा अहिले केही बोलेका छैनन्, तर उनी महंन नृत्युगोपालदासमाथि केही गम्भिर आरोपहरु लगाइरहेका छन् । 

अयोध्यामा वर्षौँदेखि मन्दिर आन्दोलनलाई नजिकबाट देखेका स्थानीइ पत्रकार महेन्द्र त्रिपाठी भन्छन्, ‘सर्वोच्च अदालतले हिन्दुहरु तथा मुस्लिमहरुबीच विवादलाई अत्य गर्ने प्रयास गर्यो, तर अब अयोध्यामा साधु–सन्तहरुबीच विवाद र लडाई बढ्नेछ । 

ट्रस्टको हिस्सा बन्नका लागि हिन्दूवादी संगठनबीच आपसी लडाई हुनसक्ने आशंका पहिले नै गरिएको थियो, तर अब जसरी स्ट्रिङ अपरेसन र एक–अर्कालाई आपत्ति जनक जवाफ दिइरहेका छन्, यसले विवाद झनै बढ्ने अनुमान लगाइएको छ । यति मात्रै होइन, अन्य थुप्रै सन्त छन्, जो लामो समयदेखि फैसलाको पर्खाईमा थिए, अब उनीहरुले पनि आफूलाई ट्रस्टमा सहभागी गराउन माग गर्नेछन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर