अहिलेसम्मकै उच्च परिमाणको आइपिओ निष्काशन गर्दै नेपाल इन्फ्रास्ट्रक्चर बैंक 

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले प्राथमिक सेयर (आइपिओ) निष्काशन गर्ने प्रस्तावसहित साधारणसभा बोलाएको छ । बैंकले नेपाली धितोपत्र बजारमा अहिलेसम्मकै उच्च परिमाणको आइपिओ निष्काशन गर्न लागेको हो । 

बैंकले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता साधारण सेयर निष्कासन गर्ने प्रस्ताव सहित पहिलो वार्षिक साधारण सभा आउँदो मंसिर २९ गतेका लागि आव्हान गरेको छ । 

साधारणसभा राजधानीको होटल र्याडिसन मंसिर २९ गते बेलुका ४ बजेदेखि सुरु हुनेछ । सभाले आइपिओ बिक्री गरी चुक्तापूँजी वृद्धि गर्ने सम्बन्धमा निर्णय गर्नेछ । त्यसैगरी, सञ्चालकहरुको नियुक्त समेत गर्नेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर