• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

पाकिस्तानी पूर्वप्रधानमन्त्री नवाज सरिफ उपचारका लागि लन्डन प्रस्थान

इस्लामावाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफ उपचारका लागि लन्डन प्रस्थान गरेका छन् । पाकिस्तानको आन्तरिक मन्त्रालयले औपचारिक रुपमा पूर्वप्रधानमन्त्री सरिफको चिकित्सा उपचारका लागि विदेश यात्राको अनुमति दिनका लागि उक अधिसूचना जारी गरेको छ, जसमा भनिएको छ, ‘यो निर्णय लाहौर उच्च न्यायालयको आदेशअनुसार अन्तरिम व्यवस्थाका रुपमा लिइएको हो ।’ 

पाकिस्तानी समाचार संस्था डनका अनुसार सरिफ आज उपचारका लागि लन्डन प्रस्थान गर्ने भएका हुन् । समाचारअनुसार मन्त्रालयले सोमबार पिएमएल–एन का अध्यक्ष्ँ शहबाज शरिफ र नवाज सरिफद्वारा लाहौर उच्च न्यायालयलाई दिइएको उपक्रम पुनः सुरु गरिएको छ जसमा उनको यात्रा र फिर्ता हुने विषयमा केही सर्त राखिएको छ । त्यसैगरी जारी अधिसूचनाअनुसार उनको नाम नियन्त्रण सूचमामा संलग्न हुनेछ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर