• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

साग : जब भयाे राति, अनि बूढी ताती... [फोटोफिचर]

काठमाडौं । मंसिर १५ देखि २४ सम्म चल्ने १३ औं १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को तयारी अन्तिम चरणमा छ । भारतमा भएको १२औँ सागमा तीन गोल्ड मेडल मात्रै जितेको नेपाललाई यसपालि घरेलु मैदानमा ठूलो दबाब छ ।

फुटबल, भलिबल, क्रिकेटका खेलहरु पोखरा र काठमाडौं दुवै स्थानमा हुँदैछन् । सागमा पूर्वाधार निर्माणका लागि १ अर्ब ६२ करोड र प्रतियोगिता आयोजनका लागि ३ अर्ब ६५ करोड रुपैयाँ निकासा भएको छ । 

तर, उद्घाटनका लागि दशरथ रंगशाला नै तयार भइसकेको छैन ।  सागका लागि भने रंगशालाको मुहार फेरिँदै छ। राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिव रमेश सिलवालदेखि युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मासमेत भौतिक संरचना साग अगावै तयार पार्ने दौडधुपमा लागिरहेका छन् ।

रंगशाला निर्माणका लागि यतिबेला धमाधम काम भइरहेको छ । लामो समयदेखि अलपत्र परेको रंगशालाको निर्माण ‘जब राति अति बुढी ताति...’ जस्तो भएको छ । 

हेरौं सागका लागि तयार हुँदै गरेको दशरथ रंगशालाका केही तस्बिरहरुः

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर