• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

सीमा अतिक्रमणको विरोधमा उत्रिएका नेविसंघका विद्यार्थी पक्राउ

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सीमा अतिक्रमणको विरोधमा गरेको प्रदर्शनमा प्रहरीद्वारा हस्तक्षेप भएको छ । कालो ब्यानर र राष्ट्रिय झण्डासहित प्रदर्शनमा उत्रिएकाहरुलाई ठमेलको अस्कल क्याम्पसबाट निस्किएका उनीहरुलाई प्रहरीले लैनचौरबाट पक्राउ गरेको हो । 

बेलुन राखेर उडाइएको कालो ब्यानरमा लिम्पियाधुरासहितको नेपाली नक्सा बनाइएको छ र अंग्रेजीमा ‘मोदी हेर, यो हो नेपालको नक्सा’ लेखिएको छ ।

पक्राउ पर्नेहरुमा नेविसंघका नेता नवराज त्रिपाठीसहित मनिस सिंखडा, दीपक ओझा, सन्तोष पाण्डे, सरोज थापा र दिपेश ओली रहेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर