सुहाना खानको पहिलो फिल्म ‘द ग्रे पार्ट अफ ब्लू’ रिलिज

मुम्बई । बलिउड अभिनेता शाहरुख खानकी छोरी सुहाना खानको पहिलो फिल्म ‘द ग्रे पार्ट अफ ब्लू’ रिलिज भएको छ । 

सुहाना खानले आफ्नो इन्स्टाग्राममा फिल्मको भिडिओ शेयर गर्दै आफ्नो पहिलो फिल्मको खुसीयाली मनाएकी छन्। छोटो फिल्म भए पनि यसको ‘क्रेज’ दर्शकमा निकै राम्रो परेको पनि सञ्चारमाध्यमहरूले जनाएका छन् । 

मुख्य भूमिकामा देखिएकी सुहानाको यो पहिलो फिल्म उनकै कक्षाका साथीहरूले बनाएका हुन्। यो उनीहरूको ‘प्रोजेक्ट’ हो। केही समयअघि फिल्मको पोस्टर सुहानाकै समकक्षी थ्योडोर जिमीनोले आफ्नो इन्स्टाग्राममा शेयर गरेका थिए । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर