• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

सरकार पाँचै वर्ष प्रम ओलीले चलाउने,पार्टी प्रचण्डले चलाउने (भिडियाेसहित)

काठमाडौं । नेकपा सचिवालयको बैठकले पार्टीको कार्यकारी अध्यक्षको भूमिका अबदेखि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निभाउने र सरकारको नेतृत्व पाँचै वर्ष केपी शर्मा ओलीले गर्ने निर्णय गरेको छ । 

प्रधानमन्त्री निबास बालुवाटारमा बसेको  बैठकले पार्टीको सम्पूर्ण जिम्मेवारी प्रचण्डलाई दिने निर्णय गरेको हो । बैठकले पार्टीका अर्का अध्यक्ष केपी ओलीले सरकारको पुरै कार्लकाल सम्हाल्ने निर्णय गरेको छ ।

यसअघि आलोपालो सरकार सञ्चालनको सहमति भएपनि अव भने प्रचण्डले पार्टी र ओलीले सरकार सञ्चालन गर्नेछन् ।

त्यस्तै बैठकले नेकपाको बैठकहरुको अध्यक्षता दुवै अध्यक्षले गर्ने सहमति भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

सचिवालयले गरेको निर्णय यस्तो छ । 
दुवै अध्यक्षको बरियता यथावत रहने छ , अध्यक्ष केपी ओली प्रधानमन्त्रीको हैसियतले सरकारको काममा केन्द्रित हुने र प्रचण्ड कार्यकारी अध्यक्ष सहित पार्टीको काममा केन्द्रित हुने, बैठक संयुक्त अध्यक्षतामा बस्नेछ र आम रुपमा बैठकको अध्यक्षता र सञ्चालन प्रचण्डले गर्ने ।

यस कार्यकालमा सरकारको नेतृत्व केपी ओलीले गर्ने र राजनीतिक स्थायीत्वका लागि भूमिका खेल्ने, पार्टी र सरकार सञ्चालन अध्यक्षद्वयको सल्लाहमा गर्ने, पार्टी सञ्चालन गर्दा बैधानिक व्यवस्था र पार्टी कमिटिलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर